जनकपुरमा सुरु भयो क्रान्तिकारी माओवादी २ नंं प्रदेशको सम्मेलन (फोटोफिचर)

प्रकाशित मिति : २०७६ कार्तिक २९


जनकपुर । देशैभर पार्टी संगठनलाई सुदृढ बनाउने उद्देश्यले सम्मेलनमा जुटेको नेकपा (क्रान्तिकारी माओवादी)ले २ नं. प्रदेशको सम्मेलन जनकपुरमा सुरु गरेको छ । सम्मेलनको पार्टी महासचिव मोहन वैद्य‘किरण’ले उद्घाटन गर्नुभयो । पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता हरिभक्त कँडेलको समेत उपस्थिति रहेको उक्त सम्मेलन भोलिसम्म चल्ने बताइएको छ ।

पार्टी पीवीएम रमेशको अध्यक्षतामा सुरु भएको सम्मेलनमा प्रदेशभित्र कार्यरत पार्टी पीवीएम, केन्द्रीय सदस्य, सल्लाहकार समितिका सदस्य, प्रदेश सदस्यहरु र प्रदेशका आठवटै जिल्लाका प्रतिनिधि पर्यवेक्षकहरुको सहभागिता रहेको छ ।