क्रान्तिकारी माआवादी ३ नं. प्रदेशको सम्मेलन सुरु (फोटोफिचर)

प्रकाशित मिति : २०७६ कार्तिक २९


काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) ३ नं. प्रदेशको सम्मेलन ललितपुरको चाङ्गाथलीमा सुरु भएको छ । सम्मेलनको पार्टीका बरिष्ठ नेता तथा स्थायी समिति सदस्य एवम् मध्यब्यूरो इन्चार्ज सीपी गजुरेल गौरवले उद्घाटन गर्नुभएको छ । सम्मेलनमा ३ नं. प्रदेशमा कार्यरत पार्टी पीवीएमहरु, सिसिएमहरु, सल्लाहकार समितिका सदस्यहरु, प्रदेश सदस्यहरु र जिल्ला जिल्लाबाट आएका प्रतिनिधि पर्यवेक्षकहरुको सहभागिता रहेको छ ।


पार्टीका प्रदेश इन्चार्ज सागरको अध्यक्षतामा सुरु भएको सम्मेलनको सञ्चालन पीवीएम प्रवेशले सञ्चालन गर्नुभएको छ भने स्वागत मन्तव्य पीवीएम प्रभाकिरणले दिनुभएको छ ।


सम्मेलनमा सल्लाहकार समितिको तर्फबाट भूमिश्वर कँडेलले शुभकामना मन्तव्य राख्नुभएको छ । अन्य अतिथिहरुले शुभकामना राख्ने कार्यक्रम अहिले चलिरहेको छ । खुल्ला सत्रको समापन पछि बन्द सत्र सुरु हुने र भोलि नयाँ नेतृत्व चयनसहित सम्मेलन सम्पन्न हुने बताइएको छ ।