देजमोले ग¥यो भारतीय विस्तारवादी मिचाहा नीतिको प्रतिरोध गर्न देशभक्त जनतामा आव्हान

नक्सा खारेज गराउन तुरुन्त सशक्त कदम चाल्न नेपाल सरकारसँग जोडदार माग

प्रकाशित मिति : २०७६ कार्तिक २२

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले एक वक्तव्य जारी गर्दै सच्चा देशभक्त जनतालाई भारतको विस्तारवादी मिचाहा नीतिको प्रतिरोध गर्न आव्हान गरेको छ । मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै यस्तो आव्हान गरेका हुन् ।
अध्यक्ष गजुरेलले वक्तव्यमा यस प्रकारको नेपालको अखण्डता र सार्वभौमिकतामाथि आक्रमण भैरहेको बेलामा अविलम्ब उक्त नक्सा खारेज गराउन तुरुन्त सशक्त कदम चाल्न नेपाल सरकारसँग जोडदार माग गरेका छन् ।
वक्तव्यमा भनिएको छ, “हालै भारत सरकारद्वारा सार्वजनिक गरिएको भारतको नययाँ नक्सामा नेपाली भूभाग समेत भारततर्फ समावेश गरिएको प्रति देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । भारत सरकारले उसको जम्मु काश्मिर राज्यको पुनः सिमाङ्कन गर्ने सन्दर्भमा प्रकाशमा ल्याएको उक्त नक्सामा नेपालको लिपुलेक र कालापानी क्षेत्रलाई पनि भारतीय भूभागमा पारिएको छ । भारतीय पक्षको उक्त कार्यले नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतामा ठाडो हस्तक्षेप गर्दै गम्भीर आँच पु¥याउने काम गरेको छ । हाम्रो पार्टीले भारतीय विस्तारवादी नीतिको सशक्त भत्र्सना गर्दछ । त्यसैगरी भारत सरकारको त्यसप्रकारको विस्तारवादी मिचाहा नीति र कार्यको तत्काल प्रतिरोध गर्न सबै सच्चा देशभक्त नेपाली जनतासँग आव्हान गर्दछ । यसको साथै यस प्रकारको नेपालको अखण्डता र सार्वभौमिकता माथि यस प्रकारको आक्रमण भैरहेको बेलामा अविलम्ब उक्त नक्सा खारेज गराउन तुरुन्त सशक्त कदम चाल्न पनि नेपाल सरकारसँग जोडदार माग गर्दछ । अन्यथा जिम्मेवारी यो सरकारले समेत लिनुपर्ने र त्यसको परिणामप्रति जवादफेही हुनु पर्ने कुराको समेत जानकारी गराउन चाहन्छौं ।”

Press Bigyapti (1)