सीमा अतिक्रमणको विरोधमा कञ्चनपुरमा पनि क्रान्तिकारी माओवादीको विरोध प्रदर्शन

सीमा अतिक्रमणको विरोधमा कञ्चनपुरमा पनि क्रान्तिकारी माओवादीको विरोध प्रदर्शन


कञ्चनपुर, कार्तिक २१ । भारतीय विस्तारवादद्वारा नेपालीभूमिमाथि गरेको अतिक्रमणको विरोधमा क्रान्तिकारी माओवादी देशव्यापी आन्दोलित बनेको छ । बिहीबार क्रान्तिकारी माओवादी कञ्चनपुरको आयोजनामा विरोध प्रदर्शन गरेको छ । भारतीय विस्तारवादले गरेको सीमा अतिक्रमणका विरुद्धमा कैलाली, काठमाडौं उपत्यका, चितवन, नवलपरासी लगायतका विभिन्न ठाउँमा क्रान्तिकारी माओवादीले विरोध प्रदर्शन गरेको छ ।
बिहीबार क्रान्तिकारी माओवादी कञ्चनपुरले पुरानो जिल्ला प्रशासन कार्यालय नजिकबाट निकालेको विरोध ¥याली बजार परिक्रमा गरी महेन्द्रनगरको मदनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै पार्टीका केस तथा जिल्ला इन्चार्ज हरि सुदेदीले सरकारको लाचारीपनले पटक पटक सिमा विवाद हुने गरेको भन्दै कालापानीको बिबाद धेरै पहिलेदेखिको भए पनि अहिलेसम्म कुनै पनि सरकारले सिमा विवाद समाधान गर्न नसकेको दाबी गरे । नेता सुवेदीले राष्ट्रिय वाधीनता, सार्वभौमिकता, अखण्डता बचाउन र कालापानी लिपुलेक भूमिको रक्षा गर्नका लागि क्रान्तिकारी माओवादी जस्तोसुकै आन्दोलन गर्न तयार रहेको बताए ।
अखिल (क्रान्तिकारी)का केस केशव साउदले सञ्चालन गरेको कोणसभामा भारतीय विस्तारवादका विरुद्धमा चर्को नाराबाजी गरिएको थियो ।