क्रान्तिकारी माओवादीको बैतडी जिल्लाको भेला सम्पन्न

क्रान्तिकारी माओवादीको बैतडी जिल्लाको भेला सम्पन्न


बैतडी कार्तिक १४ । नेकपा (क्रान्तिकारी माओवादी) पार्टीको बैतडी जिल्लाको जिल्ला भेला सम्पन्न भएको छ । आज बैतडीको गोठलापानीमा एक भेलाका बिचबाट जिल्ला भेला सम्पन्न भएको क्रान्तिकारी माओवादीका जिल्ला सदस्य लोकेशले जानकारी दिनुभयो ।

जिल्ला भेला बाट ११ कार्यसमिति निर्माण भएको छ । जिल्ला भेलाले सेक्र्रेरीमा जयलाल सदस्यहरुमा दिवाकर , कल्पना ,शुरेस , विकाश , लोकेश ,श्रमिक ,टिकाराम लाई चयन गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा (क्रान्तिकारी माओवादी)का शुदुरपश्चिम प्रदेस सेक्र्रेटरी अनुकुल अतिथि नेकपा क्रान्तिकारी माओवादी केन्द्रिय सदस्य लाल किरण रहेका थिए ।

कार्यक्रमा स्वागत मन्तव्य जिल्ला सदस्य कल्पनाले गरेका थिए भने कार्यक्रम सञ्चालन जिल्ला सदस्य दिवाकर गरेका थिए । कार्यक्रममा क्रान्तिकारी माआवादी निकटका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।