रसुवा । नेकपा (क्रान्तिकारी माओवादी) निकट युवा संगठन क्रान्तिकारी युवा लिग, नेपालमा रसुवाका युवाहरु संगठित भएका छन् । प्राप्त समाचार अनुसार पछिल्ला दिनमा क्रान्तिकारी युवा लिगप्रति उनीहरुको आकर्षण बढ्दै गएको छ । बिहीबार मात्रै लिगको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । भेलाले आरिया घिसिङको संयोजकत्वमा ११ सदस्यीय जिल्ला भेला आयोजक कमिटी गठन गरेको छ ।
भेलाले आरिया घिसिङ संयोजक र फुर्वा तामाङ, नन्दलाल तामाङ सहसंयोजक रहेको ११ सदस्यीय भेला आयोजक कमिटी गठन गरेको हो । भेलाले समितिका सदस्यहरुमा क्रमशः विक्रम तामाङ, रोशन तामाङ, सन्तोष घले, सुनिल तामाङ, आशिष घलान, प्रकाश लामालाई चयन गरेको छ ।
भेला आयोजक समिति गठन गरिए लगत्तै बसेको बैठकले जिल्लाभरका युवाहरूलाई क्रान्तिकारी युवा लिगमा संगठित हुन आव्हान गर्ने निर्णय गर्दै लिगको सदस्यता वितरणको कामलाई तीब्रता दिइने तथा जिल्लाभित्र रहेका सबै गाउँपालिकाहरूमा भेला तथा सम्मेलन आयोजना गर्ने निर्णय गरेको बताइएको छ ।
भेलामा क्रान्तिकारी युवा लिग प्रदेश नः ३ का सचिव सुरेश तामाङ तथा नेकपा (क्रान्तिकारी माओवादी) पार्टीका जिल्ला सचिव कमरेड लालको विशेष उपस्थिति उक्त भेला सम्पन्न भएको थियो ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार