रोल्पाका शनि विश्वकर्मा बने लोकस्टार

प्रकाशित मिति : २०७६ कार्तिक ८


काठमाडौं । रोल्पाका शनि विश्वकर्माले नेपाल लोकस्टारको उपाधि हात पारेका छन् । एपीवान टेलीभिजनबाट प्रशारित सर्वाधिक पुरस्कार राशिको रियालिटी शो नेपाल लोकस्टारको उपाधिसँगै उनले ५० लाख नगद पुरस्कार हात पारेका छन् । भृकुटिमण्डपस्थित खुला मैदानमा शुक्रबार आयोजित अन्तिम प्रस्तिस्पर्धामा उनले उपाधि हात पारेका हुन् ।

प्रतियोगितामा चेतन गोतामेले दोस्रो भई २५ लाख नगद पुरस्कार प्राप्त गरे भने तेस्रो उपाधि उदयपुर कटारीका विनोद दनुवारले जितेका छन् । उनले १० लाख नगद प्राप्त गरेका छन् । त्यसैगरी रामेछापका रामकुमार नेपाली सान्वना भए ।सान्त्वना भएका उनले दुई लाख हात पारे ।

असार १२ गतेबाट सुरु भएको लोकस्टार कार्यक्रम भृकुटिमण्डपबाट ३६ औं शृंखला प्रत्यक्ष प्रशारण गर्दै सम्पन्न भएको हो । नेपालको लोक संस्कृति प्रचार प्रचार र विकास गर्ने उद्देश्यले चाहना मिडिया प्रालिले यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।