सीको नेपाल भ्रमण : चर्चा बढी उपलब्धी कम

प्रकाशित मिति : २०७६ कार्तिक ८

- हस्तबहादुर केसी


जुन ढंगले प्रचारप्रसार गरिएको थियो कि चिनीयाँ राष्ट्रपति सी चिनपिङ नेपालको राजकीय भ्रमण गर्ने भए पछि यति धेरै ठूलो आर्थिक सहयोग , देशको विकास र र समृद्धिका लागि अरवौ,खरवौको आार्थिक अनुदान प्राप्त हुनेछ , चीनको केरुङबाट नेपालको रसुवा हुदै छिट्टै चिनीयाँ रेल झलललल।।।।। गर्दै टोखा हुदै काठमाडौं शहरमा नेपालको झण्डा फहराउदै मिलिक्क गर्दै रेल गुट्ने हल्ला मात्र गरेका थिएनन् खुबै आशावादी पनि बनिरहेका थिए नेपालका दलाल सत्ताधारीहरु । त्यतिमात्र होइन , चीन र नेपालका बिभिन्न हिमाली नाकाहरुमा सुरुङ मार्गहरु बनाउने योजनामा संझौता हुने प्रचार गरिएको थियो । यसका अतिरिक्त शिक्षा , स्वास्थ्य ,यातायात , कृषि , पशु विकासका क्षेत्रमा चीनले मनग्ये सहयोग गर्ने समझदारी पत्रमा हस्ताक्षर हुनेछ भन्ने आशावादी भएर ठूलो प्रचार गरिएको थियो । त्यस्तै उद्योग ,व्यापार , वाणिज्य आदि क्षेत्रमा चीनले निकै धेरै ठूलो योजना दिनेछ भन्ने आशावादी भएर ठूलो प्रचार गरिएको थियो । त्यही अनुरुप सी लाई खुशी तुल्याउने मनसायले करोडौं रकम खर्च गरेर नेपाल आउने दिन पारेर काठमाडौं शहरलाई नयाँ दुलहीलाई सिङारिएको थियो ।


बडो सानदार ढंगले चिनीयाँ राष्ट्रपति सी चिङपिङले नेपालका राष्ट्रपति विद्या देवी भण्डारी को निमन्त्रणामा यही २०७६ असोज २५–२६ गते दुई दिने नेपालको राजकीय भ्रमण गरे । सम्पूर्ण नेपाली जनता र नेपाल राष्ट्रकै निम्ति स्वागतयोग्य कुरा हो । किनभने चीन नेपालको असल छिमेकी मुलुक हो । नेपाल र चीनका बिचमा वर्षौदेखि मित्रता कायम रहदै आएको छ र यो सम्बन्धलाई अझै प्रगाढ बनाउन जरुरी छ नै । दुबै देशविचको सम्बन्धलाई अझै बलियो बनाईराख्नु अत्यावश्यक छ ।
दलाल सत्ताधारीहरुले सी स्वागत निकै व्यस्थित रुपमा गरिएको देखियो यो राम्रो पक्ष हो । पाहुनाहरुलाई आउँदा खेरीस्वागत ( सत्कार गर्ने र फर्कनेबेला सौर्हार्द ढंगले विदाई गर्ने नेपालीहरुको राम्रो परम्परा पनि छ । यस विषयमा चुकेनन् सत्ताधारीहरु ।
तर चिनीयाँ राष्ट्रपति सी चिङपिङले नेपालको दुई दिने राजकीय भ्रमणका क्रममा जुन २० बुंदे समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ती बुंदाहरुलालाई एक एक गरेर केलाएर हेर्ने हो अत्यन्तै सुक्ष्म ढंगले विश्लेषण गर्ने हो दलाल सत्ताधारीहरुले चीनबाट जुन आशा गरेका थिए र जनताको विचमा जुन ढंगले प्रचार गरेका थिए , त्यत फास न फुस जस्तो बन्न पुगेको छ ।
जुन चिनीयाँ रेल छिटै नेपाल आइपुग्ने मनोगतवादी प्रचारवाजी गरेका थिए , त्यो हल्ला फास न फुस बन्न गएको छ भन्नु पर्ने हुन्छ किनभने उक्त २० बुंदे समझदारी पत्रको बुंदा नम्बर ७ मा जुन लेखिएको छ ू चीन ( नेपाल सीमा वारपार रेल्वे परियोजनाको सम्भाव्यता अध्ययनबारे नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच एमओयू ू गर्ने भन्ने लेखिएको छ । र यहाँ विश्लेषण गरिएको छ छ कि यदि चीनले नेपाललाई रेल साँच्चिकै पुर्याउन चाहेमा करिब ८ लाग्ने बताइएको छ ।
जुन रेल सम्बन्धि योजना नै सबैभन्दा महत्त्व र चासोको विषय थियो । तर ८ वर्ष पछि सम्म मात्र चिनीयाँ रेल नेपाल आाइपुग्ने जनविश्वास उच्च रहने ढंगको देखिदैन । किनभने यो दलाल सरकारको कुनै स्थायित्व छैन ।यो दलाल सरकारले यो पाँच वर्षकै अबधि पुरा गर्न नसक्ने नेपाली जनताले छनक पाइसकेका छन् । एउटा पत्रकार र एउटा भष्टचार विरोधी अभियान्तासित डराउने यो दलाल सरकारको स्थायित्व छैन । नेपाली जनताले यो दलाल सरकारको नाडी छामी सकेका छन् ।
पहिलो कुरा ८र८ वर्षसम्म नेपाली जनता ढँटुवा दलाल सत्ताधारीहरुका झुटमुट कुराहरु टुलुटुलु रसुवा तिर हेरेर नेपाली झण्डा फहराउँदै कतिखेर चिनीयाँ रेल आउँछ भनेर पर्खेर वस्ने र गत चुनावमा जस्तै यी ढँटुवा दलाल सत्ताधारीहरुलालाई बाकसका बाकस भ‍ोट खन्याइदिएर करिब दुई तिहाईको सरकार बनाएर अबश्यै पनि बस्ने छैनन् । यो कुरा नेपालका बारेमा , नेपालका कम्युनिस्ट नामधारी कम्युनिस्ट दलाल सत्ताधारीका बारेमा चिनीयाँ शासकहरुले राम्रोरी जानेका छन् , बुझेका छन् । धेरै बाठा छन् चिनीयाँहरु , नेपाली झुक्याएर सबै भोट आफ्नै बाकसमा खन्याउन सफल भए झै चिनीयाहरुलाई झुक्याउन दलालहरुलाई त्यति सजिलो नहोला ।
रेल यातायात र अन्य समझदारी पत्रमा लेखिएका बुंदाहरु सबै टालटुले नै देखिन्छन् । यी सबै समझदारीहरु सजिलैसँग कार्यान्वयन हुने सम्भाबना पनि रहदैन ।
त्यसैले यीी दलाल सत्ताधारीहरुलाई चिनीयाँहरुले त्यति ढुक्क भएर पत्त्याएनन् यहाँकाले आशा गरे जत्तिकै गरेर , स‍ोचे जत्तिकै गरेर चिनीयाँहरुले मनग्ये लगानी गर्न नचाहेको सोझै अनुमान गर्न सकिन्छ । यसको मुख्य कारण चिनीयाँ शासकहरुले वर्तमान सरकारमा वसेका दलालहरुलाई नत्त्याउनु नै हो ।
यसका पछाडिको मुख्य कुरा सत्ताधारी दलालहरुले नेपाली जनताको विश्वास गुमाई सकेको चिनीयाँहरुले बुझिसकेका छन । चिनीयाँहरुले यिनीहरूको स्थायित्व नरेको देखेर अौपचारिक्ता निभाउने मनसायले मात्र यी लटरपटर वाला संझौता गरिदिएको सोझै अनुमान गर्न सकिन्छ र राम्रोरी विश्लेषण गर्न सकिन्छ ।
दोस्रो कुरा नेपालका वर्तमान दलाल शासकहरु बढी भन्दा बढी अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादका ईमानदार दलाल हुन । यो कुरा पनि चिनीयाहरुलाई राम्रोरी थाह छ , त्यसले गर्दा पनि चिनीयाहरुले यिनीहरूलाई पूर्णरूपमा विश्वास गर्दैनन् । यसले गर्दा पनि आशा गरे जत्तिको सहयोग दिन चाहेनन् चिनीयाहरुले ।
तेस्रो कुरा विगत धेरै वर्ष पहिलेदेखि चीनले नेपाललाई ठूलो सहयोग गर्दै आएको छ ।विगतमा नै चीनले नेपालमा अत्यन्तै महत्त्वपूर्ण विकास योजनापुरा गरिदिएको थियो । ९१० हेटौंडा कपडा उद्योग बनाई दिएको थियो । ९२० , गैडाकोट कागज कारखाना बनाई दिएको थियो , ९३०उदयपुर सिमेन्ट कारखाना खोली दिएको थियो, ९४० काठमाडौंमा बाँसवारी छालाजुत्ता कारखाना खोलिदिएको थियो । २०४६ साल पछाडि यी नेपाली कांग्रेस , नेकपा ९एमाले ० लगायतका राजनीतिक दलहरूले दुई कौडी बराबरको मूल्यमा बेचेर खाएको चीनीयाँहरुले झलझली आँखाले हेरिरहेका छ । त्यसरी बेचिखाने यी भ्रष्ट दलहरुले भोलि चीनले पठाइदिएको त्यो रेल बेचेर नखालान भन्ने चिनीयाँहरुलाई कसरी विश्वास हुने भयो र १ यी र यस्तै कारणले गर्दा पनि नेपाली शासकहरुलाई विश्वास नगरेर नै चिनीयाँहरुसंगको संझौता निरासाजनक बन्न पुगेको छ ,