चिनीया“ राष्ट्रपति सी चिनफिङले आश्विन २५ गतेदेखि २६ गतेसम्मको करीब २२ घण्टा नेपालको राजधानी काठमाण्डौमा बिताए । उनले विताएको यो समयमा उनले नेपाली जनताको मन छुने घेरै कामहरु गरे । नेपालका सत्ताधारी कम्युनिस्टहरुको देश र जनताप्रति के हो दायित्व भन्नेवारे उनीहरुका कानमा तेल हालिदिने काम मात्रै गरेनन, एउटा कम्युनिस्ट पार्टी जसले संसदीय व्यवस्थामा भागलिएर सरकार सञ्चालन गर्ने उद्येश्य राखेर काम गर्दछ, ‘जनताको मन जिते मात्रै सत्तामा टिकिन्छ ।’ भनेर ओली–प्रचण्ड सरकारको दुई तीहाइको दम्भमा जनविरोधी कानुनहरुको निर्माण, मजदुर, किसान तथा गरीब जनताका विरुद्ध बिचौलीयाहरु, भ्रष्टहरु र जनविरोधी तत्वहरुलाई फाइदा पुग्ने निर्णयहरु गरेर बदनाम हु“दै गइरहेको ओली–प्रचण्ड सरकारलाई केही सचेत बनाउने काम पनि गरेका छन् ।
नेपालका अहिलेसम्मका सरकारमा गएका र सरकारको नेतृत्व गरेका पार्टीका नेताहरुको काम नेपाली जनताको मन जित्ने कहिल्यै रहेन, दिल्लीको मन कसरी जित्न सकिन्छ र सरकारमा कसरी लामो समय टिक्न सकिन्छ भन्ने रहदै आएको स्पष्ट छ । उनले आफ्ना अभिव्यक्तिका दौरानमा यो पनि भने कि चिनीया“ कम्युनिस्ट पार्टी स्वच्छता, प्रतिबद्धता, अनुशासन र जनसेवामा निरन्तर जुटेका कारण चिनले अभूतपूर्व सफलता प्राप्त गरेको हो । गफ भन्दा काममा लाग्ने अग्रसरता नै एउटा सरकार सञ्चालन गर्ने पार्टीको काम हो । तर नेपालका संसदीय पार्टीहरुका नेताहरुको अहिलेको वास्तविकता केहो त भन्दा बहुसख्यक संसदवादी नेताहरु स्वार्थी छन् , जनताका दुःख पीडाप्रति उदासिन देखिन्छन् । केबल उनीहरु आफ्ना विगतका इतिहासको व्याजबाट आफ्नो हैसियत बचाउन चाहन्छन् ।
सीले अर्को महत्वपूर्ण कुरा के भने भने क्रान्ति सफल बनाएको घमण्डले मात्रै देश र जनताको समृद्धि हासिल हु“दैन । तर नेपालका सरकारी कम्युनिस्टहरुको वास्तविकता के हो भने २०६२÷०६३को जनआन्दोलन र २०५२सालपछिको माओवादी जनयुद्धको सफलताको बखान गर्नमा समय बिताउछन् । उनीहरु खासगरी शिर्ष नेतृत्वमा भागबण्डाको राजनीतिले दुनिया“ हसाउने काम गरिरहेका छन् । यो सरकारको संरक्षणमा हत्याहिंसा, बलात्कार, तष्करी, भ्रष्टाचार नेपाली समाजमा आम बन्दै गएको विषय भएको छ । गांउ सहर सबैतीर वर्तमान कम्युनिस्ट नामधारी सरकारको नेतृत्ववर्ग व्यक्तिगत स्वार्थ, सुख सुबिधामा लिप्त भएका छन् । कम्युनिस्ट भनेका सादा जीवन उच्च विचारका प्रायबाची हुन । कम्युनिस्ट भनेका जे भन्दछन्, त्यो गर्दछन र जे गर्दछन् त्यही भन्दछन् तर यी भने जे भन्दछन् त्यो गर्दैनन तर जे भन्दैनन त्यही गर्दछन् । भ्रष्टाचारलाई शून्य सहनशीलतामा लैजाने भन्छन् व्यावहारमा देशका हरेक स्वदेशी तथा विदेशी सहयोगमा गरिने विकासका कामहरुलाई के कति कीमसन त्यसबाट आफूलाई मिल्छ, त्यही कमिसनको आधारमा परियोजनाहरु छनोट गर्दछन् । प्रचण्ड र ओली यति बदनाम बनेका छन् कि यिनीहरुलाई अब कम्युनिस्ट भन्न पनि कठिन बनेको छ । न उनीहरु राष्ट्रियताका लागि काम गरिरहेका छन् न त जनतन्त्रका लागि । न जनताका जनजीवीकाको लागि । राष्ट्रियता, जनतन्त्र र जनजीवीका विरोधीहरु कसरी कम्युनिष्ट हुन सक्छन् । सीले भन्दै आएको “जो पैसा कमाउन चाहन्छ उ कम्युनिष्ट पार्टीमा नआवोस”, ओली–प्रचण्डका लागि त जसले आफूलाई पैसा दिन सक्छ, उ उनीहरुको पार्टीमा आवोस, नेतृत्वमा जवोस भएको छ । ठेकदार बनेर अकुत समपत्ति थुपारेकाहरु, आयएनजीओ तथा एनजीओहरुमा काम गरेर प्रसस्त पैसा कमाएकाहरु उनीहरुबाट पप्त कमिसनका आधारमा पार्टी नेता छान्ने, मन्त्री छान्ने, संसदमा टिकट दिने, राजदुत नियुक्त गर्दा पनि पैसा लिनेआदि सीका भ्रष्टाचार विरोधी अभियानका विरुद्धका कृयाकलापहरु छन् ।
चिनीया“ कम्युनिस्ट पार्टी माओदेखि अहिलेसम्म चीन र चिनीया“ जनताको पक्षमा सोच्दछ, बोल्दछ र काम गर्दछ । सी ले चीनका कम्युनिस्ट नेता तथा कार्यकर्तालाई भनेको –“यदि पैसा कमाउन छ भने कम्युनिस्ट पार्टीको सदस्य नबन, व्यापार, व्यावसाय गर ।” यो भनाइमा सीको आफ्नो देश चीनलाई भ्रष्टाचार मुक्त चिनीया“ समाजको परिकल्पना देखिन्छ । सी र चीनया“ जनता राष्ट्रवादी छन्, राष्ट्रको हितमा सोच्दछन, बोल्छन र गर्दछन् भन्ने आम विश्वलाई थाहा छ र स्वयम सी र चीनया“ कम्युनिस्ट पार्टीका नेताहरुलाई पनि स्पष्ट छ । तर नेपालका यी नेताहरु यसवारे कति वेवास्ता राख्छन् भन्ने त यहि समयको सीको भ्रमणका समयमा उठाउनु पर्ने विषयलाई उठाउने शाहस नै गरेनन । त्यो के भने नेपाली भूभाग लिपुलेकलाई भारत र चीनको बीचमा भएको सम्झौता अनुसार भारतीय भूभागका रुपमा स्विकार्दै त्यसलाई भारत र चीनका बीचको व्यापारिक नाकाको रुपमा स्विकार गरिनु गलत भएकोमा सच्चयाउने प्रस्ताव समेत सीका अगाडि पेश गर्न सकेनन । सी काठमाण्डौ सरकारी पार्टीका मानिसहरुलाई भेट दिंदै थिए, उता लिपुलेकमा भारतीय सेनाहरु नेपाली भूभागमा मार्च पास गरिरहेका थिए ।
जसरी ओली–प्रचण्डहरु विगतमा मोदीले बोलेका कुरामा थपडी मार्न व्यस्त भएका थिए त्यसैगरी अहिले सीका भनाइहरुमा थपडि मार्न आफूलाई व्यस्त बनाए । तैयारीका साथ देशका लागि फाइदाजनक एजेण्डाहरु पेश गर्न उनीहरु असफल बने । सीका एजेण्डाहरुमा ताली बजाउने काम मात्रै भयो । यद्धपि सी मोदी होइनन, उनले पेश गरेका र उनले भनेका छन् हामी जे भन्छौ त्यो व्यवहारमा गरेर देखाउछौ । यसले ओली र प्रचण्डका लागि भविष्य कठिन बनेको छ, चीनका यी सहयोगका हातहरु नेपाल र नेपाली जनताका लागि लाभदायक छन् र यी कार्यान्वयनमा ल्याउदा ओली र प्रचण्डका हातहरु काम्ने छन् कतै यसले अमेरिका र भारतका इच्छाहरु, जो नेपाल र नेपाली जनताका विरुद्ध छन्, तिनलाई कसरी अगाडि बढाउने ? साथै सी र मोदीको वर्तमान भेटमा पनि जसरी उनीहरुले नेपालको महत्वलाई चीन र भारतको अधिनस्थ बनाउने तरिकाले दुई पलस एक भनेर व्याख्या गरका थिए, त्यसलाई साहासका साथ त्यो के हो स्पष्ट पार्नका लागि सीसित आग्रह गर्ने काम वा गलत भए त्यसको खण्डन गर्ने हिम्मत नत ओली सरकारले ग¥यो नत प्रतिपक्षले नै । नेपाल एउटा स्वतन्त्र राष्ट्रका हिसावले भारत र चीनको बराबरीको हैसियतमा हो न कि चीन र भारत पलस नेपाल । यो ज्यादै खतरनाक संकेत हो र नेपालले मोदी र सी बीच भएका सम्झौता र सहमतिलाई बाहिर ल्याउन लगाउनु पर्नेछ । माथि उल्लेखित विभिन्न कारण, जसलाई चिर्न ओली सरकार असमर्थ छ, यसबाट सीको भ्रमणले सरकारी कम्युनिस्टहरुको भविष्य कठिन बन्न गएको स्पष्ट हुन्छ ।
कष्लनजजगपगmटडघ२नmबष्।िअयm