बर्दिया । नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम ब्यूरोको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बर्दियाको भुँरीगाउँमा बुधबारबाट जारी प्रशिक्षण कार्यक्रम बिहीबार दिउसो सम्पन्न भएको हो । ब्यूरो इन्चार्ज राजवीरको अध्यक्षता तथा सञ्चालनमा रहेको प्रशिक्षण कार्यक्रममा पार्टी महासचिव किरणले नेपाली समाजको स्वरुप र पार्टीको आम कार्यदिशा, समसायिक राजनीतिक विषय र विभिन्न राजनीतिक पार्टीहरुलाई हेर्ने दृष्टिकोणको विषयमा प्रशिक्षण दिनु भएको थियो भने पार्टी स्थायी समिति सदस्य राजवीरले पार्टी निर्णय कार्यान्वयन, आर्थिक, प्रकाशनलगायतका क्षेत्रमा देखिएका समस्या र तिनको समाधानका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा पश्चिम ब्यूरो अन्तर्गत ५ नं. प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका जिल्लाहरुमा कार्यरत जिल्ला सचिवालय सदस्यसम्मको सहभागिता रहेको थियो । प्रशिक्षण कार्यक्रममा तीनवटै प्रदेशमा कार्यरत पार्टी पीविएमहरु र सिसिएमहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा प्रशिक्षण कार्यक्रमको व्यवस्थापनका बारेमा पीविएम संकुलले अनुभूति सहितको मन्तव्य राख्नुभएको थियो ।
प्रशिक्षण कार्यक्रम सकिए लगत्तै पार्टीको पश्चिम ब्यूरोको बैठक सुरु भएको छ । बैठकलाई सम्बोधन पार्टी महासचिव किरणले गर्दै हुनुहुन्छ ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर