काठमाडौं । नेकपा (विप्लव)को मध्यपश्चिम कमाण्डलाई ठूलो धक्का लागेको छ । दाङको राजपुर गापा–४ बाट नेकपा (विप्लव)का केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजंग’लगायत २१ जना नेता कार्यकर्तालाई पक्राउ परेपछि विप्लव नेकपालाई ठूलो धक्का लाग्न पुगेको हो । प्रहरीले विशेष सुचनाका आधारमा गएराति दाङको राजपुर क्षेत्रमा चलाएको अपरेशनका क्रममा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका वीरजंग नेकपा (विप्लव)का महासविच नेत्रविक्रम चन्द‘विप्लव’का दाजु हुन् ।

हार्दिक शुभकामना !


पक्राउ पर्ने अन्य नेता कार्यकर्ताहरुमा पार्टी केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इञ्चार्ज केशवबहादुर बाँठा मगर (सुवास), पार्टीको युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष बबिन केसी (पाटन, जंगली), राप्ती ब्युरोका न्याय विभाग समिति जिल्ला संयोजक रामबहादुर थापा (सुन्दर), कार्यालय सचिव सविन पोख्रेल, जिल्ला इञ्चार्ज यमलाल कटुवाल (विक्रम), जिल्ला सेक्रेटरी प्रदीप वली, बुद्धिजीवि सुनिल पौडेल र क्षेत्र नं. ४ इञ्चार्ज एवं जिल्ला जनपरिषद् सदस्य एकराज चौधरी रहेका छन् ।
त्यस्तै, क्षेत्र नं. १ इञ्चार्ज एवं राजपुर गाउँपालिका सेक्रेटरी धनबहादुर बोहोरा (महान), पूर्वजनमुक्ति सेना तिलक पुन, दलित राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला अध्यक्ष सुरज विक, सदस्य हितप्रसाद रोका, रोल्पा जिल्ल्ला सदस्य पोष्टमान घर्ती, दलबहादुर घर्ती, अमित घर्ती मगर, बालकृष्ण शर्मा, जीत क्षेत्री, रमेश आचार्य, कुलबहादुर वली र विष्णु थापा लगायत पक्राउ परेका हुन् ।


उनीहरुलाई राप्ती ब्युरोको बैठक बसिरहेको अवस्थामा प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको जनाइएको छ । बैठकस्थल मुग्रेठा नेपाल भारत सीमा क्षेत्रमा पर्छ । त्यहाँ पुग्न ५ घण्टा बढी पैदल हिँड्नुपर्ने भएकाले रातभर हिँडेर पक्राउ गरेको दाङ प्रहरीले जनाएको छ । यति ठूलो संख्यामा एकसाथ नेकपा (विप्लव)का नेता कार्यकर्ता पक्राउ परेको यो पहिलो पटक हो ।

प्रतिक्रिया

सम्बन्धित खवर