“असोज ३ कालो दिन, कालो संविधान खारेज गर ।” भन्ने मूल नाराका साथ आज अखिल नेपाल जनजाति महासंघ, नेपाल आदिवासी जनजाति महासंघ, मधेश सम्वद्ध विभिन्न संघसस्था, महिला, अपाङ्ग लगायतले काठकाण्डौंको वसन्तपुर स्थित जुद्य सालिक अगाडि विरोध सभाको आयोजना गर्न गइरहेका छन् ।
दिउसो २.३० वजे सुरु हुने उक्त कार्यक्रमका वक्ताहरुले विद्यमान संविधानले उत्पिडीत जाति, वर्ग, लिंग, क्षेत्र, समुदाय जगायत सिंगो देशको राष्ट्रियता सम्मको हित संरक्षण गर्न नसकेकोले यसको खारेज गरी पुनर्लेखन गर्न माग गर्ने भन्दै संविधान दिवसलाई दिपावली गरी मनाउने सरकारी निर्णयलाई हास्यासपद वताएका छन् ।





























