‘हर्कबहादुर शाही स्मृति फाउण्डेशन’को स्थापना

प्रकाशित मिति : २०७६ भाद्र २५

काठमाडौ । दैलेख जिल्लाका पुराना कम्युनिष्ट नेता हर्क बहादुर शाहीको नाममा फाउण्डेसन गठन गरिएको छ । साडे ५ दशक कम्युनिष्ट पार्टीमा विताउनु भएका शाहीको नाममा “हर्कबहादुर शाही स्मृति फाउण्डेसन” गठन गरिएको हो ।

काठमाडौमा आयोजित कार्यक्रमबाट फाउण्डेसन निर्माण गरिएको फाउण्डेसनका अध्यक्ष दिपक बहादुर शाहीले जानकारी दिएका छन् । दैलेख जिल्लाको चामुण्डा विन्द्रासैनि नगरपालिका वडा नम्बर ४ मा जन्मनु भएका शाहीको २०७५ साल चैत्र २६ गते निधन भएको थियो । वि.स २०२४ सालदेखि कम्युनिष्ट पार्टीमा लाग्नु भएका शाही कर्णाली प्रदेशबाट कम्युनिष्ट पार्टीको सदस्यता लिने पहिलो व्यक्ति भएको अध्यक्ष दिपक शाहीले जानकारी दिए ।

फाउण्डेसनलाई समाज कल्याण परिषद्मा समेत दर्ता गरिएको छ । यो फाउण्डेसनले समाजको क्रान्तिकारी परिवर्तनमा हर्कबहादुर शाहीले खेल्नुभएको भुमिका र सामाज परिवर्तन तथा ज्ञान विज्ञानका क्षेत्रमा भएका नवीनतम उपलब्धिहरुको द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट विश्लेषण गरि त्यसको प्रचार प्रसार गर्ने फाउण्डेसनको उद्देश्य रहेको अध्यक्ष शालीले बताए ।

गरिव विपन्न, शहीद वेपत्ता घाइते अपाङ्गता भएका युवा विद्यार्थीलाई छात्रवृत्ति समेत फाउण्डेसनले उपलध गराउने छ । साथै, माक्र्सवादी दर्शनको प्रचारका लागि विभिन्न कार्यशाला गोष्ठी, सेमिनार सञ्चालन र प्राविधिक शिक्षाको विकासमा समेत फाउण्डेसनले कार्य गर्ने जनाएको छ ।

फाउण्डेसनले समाज परिवर्तनका लागि गर्नु पर्ने सम्पूर्ण कार्य गर्ने जनाएको छ । यसै बिच हर्क बहादुर शाही फाउण्डेसनको १५ सदस्यीय कार्य समिति पनि चयन गरिएको छ । जसमा अध्यक्ष दिपक बहादुर शाही रहेका छन् भने उपाध्यक्षमा डाक्टर मधुसुधन गिरी चयन गरिएका छन् ।

त्यस्तै महासचिवमा हस्तबहादुर के.सी, सचिबमा डाक्टर कृर्पाराम विश्वकर्मा र कोशाध्यक्षमा अनिता शाही रहेका छन् । सदस्यहरुमा प्रा.डा. कवि पोखरेल, मनोहर लामिछाने, सूर्य बहादुर शाही, शिव सुन्दर शाही, नवीन कुमार शाही, रञ्जु गुरुङ, छत्र बहादुर तारामी मगर, द्रौपति रावल, सहवित वि.क र अंगत बहादुर शाही रहेका छन् । फाउण्डेसनको कार्यालय काठमाडौ र दैलेख दुवै ठाउँमा रहने छ ।