संगठन विस्तारमा तीव्रता दिंदै अखिल (क्रान्तिकारी)

प्रकाशित मिति : २०७६ भाद्र २५


काठमाडौं । अखिल (क्रान्तिकारी)ले संगठन विस्तारलाई तीव्रता दिएको छ । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले अहिले देशव्यापी संगठन विस्तारलाई जोड दिएको छ । पार्टीको पछिल्लो केन्द्रीय समितिको निर्णय अनुसार अहिले क्रान्तिकारी माओवादी देशव्यापी संगठन विस्तार तथा सुदृढीकरणको अभियानमा छ । यही अभियानको क्रममा अखिल (क्रान्तिकारी)का स्कूल तथा क्याम्पस इकाई कमिटि निर्माण भइरहेका छन् । यही क्रममा रुपन्देही जिल्लाको भेला सम्पन्न भएको छ भने अन्य जिल्लाहरुको भेला पनि हुने क्रममा रहेको संगठनका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले बताए । गजुरेलका अनुसार काठमाडौंको परोपकार आदर्श मा.वि.मा मंगलबार सुनिता के.सीको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गरिएको छ भने काठमाडौंकै कन्या माविमा पनि इकाइ कमिटि निर्माण गरिएको छ ।

रुपन्देहीको भेला सम्पन्न, अध्यक्षमा संग्रामभ्यू थापा निर्वाचित


रुपन्देही । अखिल (क्रान्तिकारी) रुपन्देहीको अध्यक्षमा संग्रामभ्यू थापा निर्वाचित भएका छन् । बुटवलको सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा शनिबार सम्पन्न जिल्ला भेलाले संग्रामभ्यू थापाको नेतृत्वमा २७ सदस्यीय जिल्ला कमिटि निर्वाचित गरेको हो ।

अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिव तथा ५ नं. प्रदेश संयोजक महेश श्रेष्ठको प्रमुख आतिथ्यतमा सम्पन्न भेलामा नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम तथा ५ नं. प्रदेश इञ्चार्ज प्रेम सुवेदीको विशेष आतिथीको रुपमा उपस्थिति रहेको थियो । भेलामा अन्य अतिथिहरुमा पार्टी जिल्ला सेक्रेटरी विनोद मरासिनी, विद्यार्थी प्रदेश सदस्य क्रमशः ध्रुव तारामुरा र सीता थापा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

संग्रामभ्यू थापाले सञ्चालन गरेको कार्यक्रमकामा नेता प्रेम सुवेदी, विद्यार्थी नेता महेश श्रेष्ठ, पार्टी जिल्ला सचिव विनोद मरासिनीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

भेलालाई सम्बोधन गर्दै नेता सुवेदीले रुपन्देही जिल्लामा क्रान्तिकारी विद्यार्थी आन्दोलन सशक्त र सुझारु बनाउनुपर्ने, शिक्षामा भएका सबै दलाल, भ्रष्ट, माफिया र तस्करहरुलाई ठेगान लगाउने र शिक्षालाई निःशुल्क, सर्वसुलभ, वैज्ञानिक र व्यावहारिक शिक्षाका लागि संघर्षमा उत्रनुपर्ने, युवाहरुमा भएको समस्या राज्यबाट निर्मित भएकोले राष्ट्रियताको रक्षा गर्न, जनजीविका र जनतन्त्रलाई सुनिश्चित गर्नका लागि विद्यार्थीहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

भेलामा रुपन्देही जिल्लाअन्तर्गतका विभिन्न स्कुल तथा क्याम्पसहरुका विद्यार्थीहरुको उपस्थिति थियो ।

काठमाडौंको जुद्धोदय पब्लिक माविमा अखिल (क्रान्तिकार)को संगठन निर्माण

काठमाडौं । काठमाडौंको जुद्धोदय पब्लिक मावि (जेपी)मा नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को संगठन निर्माण गएिको छ । संगठनका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल, उपाध्यक्ष शिलु न्यौपाने, महासचिव पेशल दाहाल लगायतका नेताहरुको उपस्थितिमा उक्त माविमा इकाई कमिटि निर्माण गरिएको हो ।

विद्यार्थीहरुको भेलाले सोनाम पराजुली अध्यक्ष रहेको २१ सदस्यीय इकाइ समिति गठन गरिएको छ । जसमा उपाध्यक्ष– जुनमाया चौधरी र सुदीप शंकर, सचिव– संगीता तामाङ, सहसचिव– छिरिङ तामाङ र रोमा डुम्रे, कोषाध्यक्ष– सृजना बराल रहेका छन् । भेलाले सदस्यहरुमा निरुता तामाङ, गीता राई, ज्योति घले, मनरुपमा बुढा, सुजाता चौधरी, एलिसा घले, एलिना बस्नेत, स्वस्तिका विश्वकर्मा, रचना खत्री, सोनी कुमारी र अनुजा बञ्जरालगायत रहेका छन् ।

मेडिकल कलेजहरुको मनपरी विरुद्ध अखिल (क्रान्तिकारी)

काठमाडौं । मेडिकल कलेजहरुले गरिरहेको मनपरी विरुद्ध अखिल (क्रान्तिकारी)ले विरोध एवम् भत्र्सना गर्दै वक्तव्य जारी गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले वक्तव्य जारी गरी एकीकृत रुपमा परीक्षा सञ्चालन गरिनुको सट्टा केही मेडिकल कलेजहरुले एमबीबीएस प्रवेश परीक्षाको मिति समेत तोकिसकेका र केहीले आफूखुसी शुल्कसहित परीक्षा लिने तयारी गरिरहेको भन्दै ७५ प्रतिशत सिट निःशुल्क छात्रवृत्तिको व्यवस्था ऐनमा उल्लेख भए तापनि सरकारले नीति तथा कार्यक्रममा स्पष्ट ढंगले बजेट समेत विनियोजन नगरेको, मेडिकल कलेजहरुले मनपरी ढंगले शुल्क लिने र भएका सहमतिहरुलाई पनि कार्यान्वयन नगरेको भन्दै उक्त गतिविधिको संगठनले घोर विरोध एवं भत्र्सना गरेको हो ।

संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले जारी गरेको वक्तव्यमा शिक्षा र स्वास्थ्यलाई पूर्णरुपमा राष्ट्रियकरण, निःशुल्क एवं सर्वसुलभ बनाउनु पर्ने भन्दै मेडिकल कलेजहरुको मनपरीका विरुद्ध आवश्यक परे संघर्षमा उत्रने चेतावानी दिइएको छ ।