तिम्रो सत्ता विरुद्ध

प्रकाशित मिति : २०७६ भाद्र २६

- . ज्वाला

तिम्रो सत्ता र संविधान मान्दिनँ भन्न किन नपाउने ?
तिम्रो व्यवस्थाका विरुद्ध विद्रोह बोल्न किन नपाउने ?

तिमी मुट्ठीभर दलालहरुका लागि स्वर्गतुल्य यो व्यवस्था
करोडौं मेहनतकशका लागि नरकतुल्य, उजाड छ अवस्था

तिम्रो लुटको स्वर्ग का़यम राख्न हजारौं फरमानहरु जारी गर
मेहनतकश जनताको छातीमा गोली दाग स्वेत आतंक खडा गर

जनताको न्यायपूर्ण विद्रोहको रागले खरानी हुनेछ तिम्रो लुटको स्वर्ग
विद्रोह र बलिदानबाट स्थापित जनव्यवस्थामा सारा मेहनतकशले गर्नेछ गर्व

तसर्थ, म तिम्रो दलाल व्यवस्थाका विरुद्ध विद्रोह बोल्छु
मेहनतकश जनता सामु तिम्रा कर्तुतहरुको पोल खोल्छु

जन अजेय तागत संगठित गरी लुटको स्वर्गमाथि धावा बोल्छु
अनि तिम्रो चिहानमाथि मेहनतकशको भब्य र सुन्दर संसार बसाल्छु