नवलपरासी – नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको बैठक पश्चिम नवलपरासीको बर्दघाटमा आइतवार बस्दंैछ ।

तराई मधेशका थारु बहुल जिल्लालाई पहिचान सहितको थारु स्वायत प्रदेश बनाउनुपर्ने लगायतको माग गर्दै आएको यस मोर्चाको बर्दघाटमा हुने केन्द्रीय बैठकले आन्दोलनको कार्यदिशा सहित सम्रग योजना बनाउने मोर्चाका केन्द्रीय अध्यक्ष कमल चौधरीले बताए । पहिलो संबिद्यासभाले पहिचान सार्मथ्यको आधारमा ११ प्रदेश बनाउनुपर्ने निर्णय गरेपनि संबिद्यान बनाउन नसकेर बिघटन गरिएपछि आदिवासी जनजाति एंवम थारु समुदाय रुष्ट छन् । पहिचान सहितको संघीयताको मार्ग प्रसस्त गर्न आन्दोलन गर्नुको बिकल्प छैन–केन्द्रीय अध्यक्ष चौधरीले भने – संबिद्यान जारी भएको दिनलाई कालो दिवसको रुपमा मनाउने छौ । थारु समुदाय सम्बद्ध बिभिन्न संस्थाले संबिद्यान जारी भएको असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने तयारी गरेको जनाइएको छ । सो बैठकमा सम्बोधन गर्न अखिल नेपाल जनजाति महासंघका केन्द्रीय महासचिव नागेन्द्र राई सहितका नेता बर्दघाट आउनुहुने मोर्चाका केन्द्रीय सचिव दुर्गा नारायण चौधरीले बताए । बैठक सम्पन्न भएपछि बैठकका निर्णयहरु पत्रकार सम्मेलन आयोजना गरिने उनले जनाए ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर