अखिल नेपाल आदिवासी जनजाती महासंघको विरोध कार्यक्रम

प्रकाशित मिति : २०७६ भाद्र २९

भदौ २७ पोखरा
अखिल नेपाल आदिवादीवासी जनजाती महासंघले देश व्यापी विरोध कार्यक्रम अन्तर्गत देशमा व्याप्त भ्रष्टाचार, कालोवजारी , करवृद्धी, दण्डहिनता आदिका विरुद्ध तथा राष्ट्रिय स्वाधिनताको रक्षा गरौं भन्ने मूल नाराका साथ देशका विभिन्न सहरहरु –पोखरा, वुटवल, इटहरी आदिमा विरोध प्रदर्शन सम्पन्न गरेको छ । उक्त विरोध सभाहरुमा महासंघका अध्यक्ष प्रा.डा.ओम गुरुङ, महासचिव नगेन्द्र राई लगायत पदाधिकारीहरु तथा आदिवासी जनजातीका प्रतिनिधीहरुको उल्लेख्य सहभागीता थियो ।