किसान महासंघको संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न

भ्रष्ट र दलाल विचौलियाका विरुद्ध संयुक्त आन्दोलनको उद्घोष

प्रकाशित मिति : २०७६ भाद्र २९

भाद्र २७ काठमाण्डौ
नेकपा (क्रान्तिकारी माओवादी ) र नेकपा (मसाल) समर्थित अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) र अखिल नेपाल किसान महासंघ(एपीएफए)को संयुक्त आयोजनामा ” किसानका समस्या र त्यसको समाधान“ विषयक वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा नेकपा (क्रान्तिकारी माओवादी )का महासचिव मोहन वैद्य किरणले नेपाली किसानहरुले वर्गीयरुपमा दलाल पुँजिपति , सामन्त वर्ग र दलाल कर्मचारितन्त्रको विरुद्ध संघर्ष र आन्दोलन छेड्नुको विकल्प नभएको कुरा वताएका छन् । साथै उनले कार्यपत्रमाथि टिप्पणी गर्दै क्रान्ति सम्पन्न नभएको , एउटा वर्गको राज्यसत्तावाट अर्को वर्गको हातमा राज्य सत्ता जानु क्रान्ति हो । किन्तु राज्य सत्ता उही पुरानु सामन्ति, शोषक पुँजीवादीहरुकै हातमा छ भनी वताएका छन् । साथै उनले कार्यपत्रमाथि सुझाव दिदै जातीय, वर्गीय ,लिंगीय, अल्पसंख्यक मुस्लिम तथा अन्य उत्पीडित जनसमुदायका विचमा एकता भएर अगाडि वढ्नुपर्ने कुरा उल्लेख गरे ।
अखिल नेपाल किसान महासंघ(एपीएफए)का अध्यक्ष भैरवराज रेग्मीले प्रस्तुत गरेको कार्यपत्रमाथि विभिन्न वक्ताले टिप्पणी गरेका थिए । टिप्पणी कर्ताहरुमा अखिल नेपाल किसान युनियनका अध्यक्ष लोकनारायण सुवेदी ,प्रा.उमानाथ रिजाल, राजमोका केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेल , नेकपा राष्ट्रिय सभा सदस्य वलराम वास्कोटा , नेकपा मसालका केन्द्रीय प्रवक्ता रामप्रकास पुरी जलस्रोतविद्ध गणेश शाह लगायत थिए ।
कार्यक्रको अध्यक्षता अनेकिमा (क्रान्तिकारीं) का अध्यक्ष सीताराम तामाङले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य अनेकिमा (क्रान्तिकारीं) धनेश्वर पोखरेलले गरेका थिए ।
कार्यक्रमलाई अन्तरक्रियात्मक वनाउन सहभागीहरुवाट प्रश्नहरु सोधिएका थिए र आयोजकवाट उत्तर दिइएको थियो ।