अखिल (क्रान्तिकारी)को दोलखा जिल्ला स्तरीय एक दिने प्रशिक्षण जिल्ला सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । संगठनका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका अन्य अतिथीहरुमा संगठनका केन्द्रीय उपाध्यक्ष शिलु न्यौपाने , नेकपा(क्रान्तिकारी) दोलखा जिल्ला सेक्रेटरी गोविन्द काफ्ले थिए । उक्त कार्यक्रमको अध्यक्षता एंव संचालन भगवान खड्काले गरेका थिए । जिल्लाका क्यामपस र स्कुलका विद्यार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा प्रशिक्षण दिदै प्रमुख अतिथी हरिकृष्ण गजुरेलले विद्यार्थी आन्दोलोनको भुमिका , संगठनले आगामी दिनमा सशक्त ढंगले संघर्षको नेतृत्व गर्दै शैक्षिक दलाल , माफिया ,भ्रष्ट र तस्करहरुका विरुद्ध विद्यार्थीहरु अरिंगाल जसरी जाइलाग्नु पर्ने कुरामा जोड दिए । साथै राष्ट्रियता ,जनतन्त्र र जनजिविका लगायतका विषयमा समेत प्रशिक्षण दिइएको थियो । प्रशिक्षणपछि सहभागीहरुलाई पार्टीको जिल्ला स्तरीय अभियानकालागि दुईवटा समूहमा विभाजन गरी जिम्मेवारी दिइयो ।