झर्रोटर्रो : हगेपछि दैलो देखियो

झर्रोटर्रो : हगेपछि दैलो देखियो

नेकपाका दुई नम्बरी अदक्षले अचेल सभासमारोह, पत्रकार भेटघाट र टेलीभिजनका कुराकानीमा फेरी हत्या हिंसा गर्ने विचार छ ? भन्दै आक्रोस पोख्न थालेका छन् । सबैतिरबाट उनका बारेमा टिका टिप्पणी, आलोचना, आरोप आदि इत्यादि लगाएपछि उनको रिसको पारो तात्न थालेको छ । एक पटक जनताका ठेक्का बोकेका महाबरिष्ठ पत्रकारले आफ्नो क्लबको कार्यक्रममा दुईनम्बरी अदक्षलाई साक्षात्कारमा ल्याए । उनले आफ्ना मनमा लागेका भएभरका प्रश्न सोधेर जनता जान्न चाहन्चन् भन्दै जबाफ माग्छन् । उनको अन्तरबार्ता लिने तरिका नै बडो अचम्मको छ । आपूmले उब्जे निम्जेका प्रश्न सोध्ने अनि जनता जान्न चाहन्छन् भन्ने । त्यसैबेला उनले दुईनम्बरी अदक्षलाई केकेजाति अण्ठसण्ठ प्रश्न सोधेका थे दुईनम्बरीको कन्सिरी रनक्क तातेर आयो । भाउन्न छुट्यो । त्यसपछि उनले जबाफ फर्काउँदै भने ‘के तपाइँहर्ले फेरी लडाइँ होस् भन्ने चाहेको ? फेरी हत्या हिंसा होस्, मान्छे मर्ने मार्ने खेल चलोस् भन्ने चाहेको हो ? पर्चण्डलाई कमजोर बनाएर के गर्न खोजेको ? चौतर्फी आक्रमन ग¥या छ, ग¥या छ । खुइल्या छ, खुइल्या छ । कैले के गरेन भन्या छ, कैले के भन्या छ । तेत्रो जनयुद्धलाई शान्ति प्रकृयामा कस्ले ल्यायो ? राजतन्त्र कस्ले फाल्यो ? गणतन्त्र कस्ले ल्यायो ? युद्ध कस्ले रोक्यो ? पर्चण्डले नचाहेको भए यो सबै परिवर्तन हुन्थ्यो ? दुनियाँमा नभ’को यति ठूलो शान्ति यहाँ कसरी भयो ? जनयुद्ध भैराखेको भए के हुन्थ्यो ? जनयुद्धलाई शान्ति प्रकृयामा कस्ले ल्यायो ? सेना समायोजन पर्चण्डले निर्णय नगरेर भयो ? खाली पर्चण्डलाई द्वेध चरित्रको भन्या छ, अकरमण्यमा फस्यो भन्या छ । द्वेध चरित्र भनेको त द्वन्द्ववादी हुने पो भनेको हो । उग्र पनि नहुने, दक्षिण पनि नहुने, बिचको भएर सबैलाई मिलाउने भनेको हो द्वेध चरित्र भनेको त । दर्शन बुभ्mनु छैन । पर्चण्डलाई खुइल्याएर नङ्ग्याएर कस्लाई फाइदा छ ? देश फेरी दूर्घटनामा पर्ने खतरा देख्या छु मैले । पर्चण्डलाई खुइल्याएर, कमजोर पारेर तपाइँहर्ले गर्न खोजेको के ? मेरो प्रश्न तपाइँहर्लाई छ ।’

जनताका ठेकेदारवाला पत्रकार पनि के कम र ! उनले पनि प्रश्नै प्रश्न सोधेर ¥याख¥याख पारे । उनको काम भनेको प्रश्न सोध्ने मात्रै हो । उत्तर सुन्नु पर्दैन । उत्तर त आफैँ जानेका हुन्चन् । त्यसैले एउटा प्रश्न सोध्यो अनि जवाफ दिन सुरु गर्न थाल्दा वित्तकै आर्को प्रश्न सोध्चन् । अन्तरबार्तामा त प्रश्न उत्तर, प्रश्न उत्तर, फेरी प्रश्न, फेरी उत्तर हुँदै अगाडि बढ्ने हो । तर उनको क्लबी अन्तरबार्तामा भने प्रश्नै प्रश्न, प्रश्नै प्रश्न मात्रै हुन्च । उत्तर खस्न नभ्याउँदै फेरी प्रश्न आइहाल्च । उनका जन्ताले त्यही जान्न चाहन्चन् । बेलाबेलामा तपाइँ चमत्कारी नेता भन्दै दुइनम्बरीको चाकडी पनि गरे । उनीसित अन्तरबार्ता दिँदा प्रश्न सोध्ने र जवाफ दिने एकैसाथ दुबै सँगसँगै बोल्यो भने मात्रै हुन्च । तुम शेर तो हम सवाशेर गर्दै चिच्याएर, कराएर बाझाबाझ गरेर बोल्न पर्च । नत्र प्रश्न सुनेर नआत्तिएर जवाफ दिउँला भन्यो भने सम्भवै हुँदैन । यो हो महाबरिष्ठ पत्रकारको अन्तरबार्ते काइदा ।

दुईनम्बरीले दिएको जबाफले यो कैलुब्राह भने चित खाएको छ । जनयुद्धका बारेमा दुईनम्बरीले दिएको जवाफले त बास्तविक कुरो त आर्कै रैच भनेर बुझियो बल्ल । यो कैलु पनि आपूmलाई सानोतिनो पत्रकारै ठान्च । तर यो मामिलामा त फेल खायो । इस् खा भनेर आफैँलाई लोप्पा ख्वाउन मन लाग्यो । त्यसैले जनयुद्धका बारेमा कुरो गर्दा यो कैलुले दुईनम्बरीलाई कमण्डर ठानेको थ्यो । अझ उनलाई त जमुसेको सुप्रिमो नै ठान्थ्यो । सबैले त्यसै भन्थे । कुरो त आर्कै रैच । जनयुद्ध त आर्कैले पो गरेको रैच । दुईनम्बरीले त जनयुद्धलाई अघि बढ्न नदिएर बिचैमा रोकेर शान्ति प्रकृयामा पो ल्याएका रैचन् । जनयुद्ध पनि आफैँ गर्ने शान्ति पनि आफैँले गरेर आफैँ बोक्सी आफैँ धामी पो हुन् कि भनेको त उनी त धामी मात्रै पो रैचन् । जनयुद्धलाई त उनले हत्या हिंसा, मान्छे मार्ने मर्ने खेल पो भने त गाँठे । कैलुले त उनलाई जनयुद्धका नायक पो ठानेको थ्यो । तर उनी त पैलादेखि नै खलनायक भएर बसेका रैचन् । त्यै भएर पैलादेखि नै बार्ता सार्ता गरेर जनयुद्ध रोक्न खोजेका रैचन् । दुई दुई पटक अरूलाई बार्तामा बसाल्दा आफ्नो मान मनितो नहुने भएर पो बार्ता भङ्ग गराएका रैचन् । तेस्रो बार्तामा त आफैँ अगाडि सरेर बार्ता गरे । त्यसपछि त उनको मानमनितो हुने भएपछि, सत्तामा आफैँ जान पाउने भएपछि बार्ता सफल भएको रैच । त्यसैले जनयुद्ध रोकिएको रैच । पैला सेनालाई यता ब्यारेकमा राखेर तालिम दिने सहराँ एक्काइस डिभिजन सेना बनाउने भनेको त नक्कली कुरो रैच । हतियार बोकेका सेनामेनालाई ब्यारेकमा राखेर पैसाको रेलोखेला बगाइदिएर कमाण्डर जति सबैलाई छाडा साँढेलेझैँ हसुर्न लगाएको त तिनको दिमाग फ्राइ गर्न पो रैच । यत्रो कुरो जानिबुझि गरेका रैचन् । यो कैलुले सहराँ एक्काइस डिभिजन सेना बन्ला र बडेमानको विद्रोह होला भनेको त फुस्सा कुरो रैच । पछि माकुनेका पालाँ छ दिनसम्म जुलुस र हर्ताल गरेको पनि बिद्रोह गर्न नभएर दुईनम्बरीले सरखार छोड्नु परेको बदला लिन पो रैच । बल्ल गाँठी कुरो पत्तो लाग्यो । हगी पनि सकियो दैलो पनि देखियो भनेको यै रैच ।
२२ भदौ २०७६