सँधै सम्झिरहने कुशल संगठक र सालिन व्यक्तित्व कमरेड राममणी शर्मा

प्रकाशित मिति : २०७६ भाद्र २१

- दिल बहादुर कठायत (भुकम्प)

कम्युनिष्टको उर्भर भुमि भनेर चिनिने जिल्ला प्यठान हो । सोही जिल्लाको सल्ली बेसी भन्ने ठाउँमा बुबा मणिराम शर्मा र आमा पुर्णकला शर्माको काखबाट २००३ साल असोज ६ गते जन्मिनु भएका अधिकारीको तिन भाई र तिन बहिनी मध्ये जेष्ठ सुपुत्र हुनुहुन्थ्यो । उहाँले प्युठानमा आफ्नो बाल्यकाल बिताउने भएता पनि २०२५÷०२६ साल तिर बसाई सरेर बर्दिया आउनु भएको थियो। पहिल्यै देखी अन्याय अत्याचारका बिरुद्ध संघर्ष गर्न र रुचाउने अधिकारी समय बित्दै जाँदा २०२९ सालमा कम्युनिष्ट पार्टीको सदस्य नभएकै अवस्थामा पनि उहाँले किसान, मजदुर र मुक्त कमैयाकोहरुको हकहितमा बर्दियाली भुमिमा संघर्षको उत्थान अर्थात नेतृत्व गर्नु भएको थियो । त्यही संघर्षको दौरानमा एक जना मजदुर मोहन बहादुर थारुको निधन भएको थियो र त्योे संघर्षलाई अहिले हामी थुमै काण्ड भनेर चिन्ने गर्दछौं ।

पेशाले शिक्षक भएतापनि नेपाली कम्युनिष्ट आन्दोलनमा उहाँको महत्वपूर्ण भुमिका रहेको हामी पाउँदछौं । २०३१ सालमा भएको चौथो महाधिवेशनमा उहाँले पहिलो कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएको थियो । भने उहाँले जिवनको उतार्चाडाव घुम्टि मोडहरुमा जस्ता सुकै हावाहुरीहरु चलेपनि क्रान्तिकारी बाटो कहिल्यै भुल्नु भए बरु एक कुशल संगठक निष्ठावान व्यक्तित्वको भुमिका निर्वाह गर्दै एकातिर आफ्ना व्यक्तिगत पेशालाई संगाल्दै अर्काेतिर नेपाली कम्युनिष्ट आन्दोलनको मार्गमा अगाडी बढी रहनु भयो । २०३१ साल पछि झण्डै ५ बर्ष अर्थात २०३५ सालमा बर्दिया जिल्लाको सेक्रटरीको जिम्मा लिएर काम कार्यहरु अगाडी बढाउनु भयो । एकातिर पार्टीको महत्वपूर्ण जिम्मेवारी अर्काेतिर शिक्षक पेशा यो दुवैलाई मिलाएर लैजानु पर्ने असाधै चुनौति थियो । त्यसमा पनि पंचायत कालिन अवस्थामा क्रान्तिकारीहरुलाई काम कार्य गर्न प्रतिबन्धित हुन्थ्यो । त्यसको बाबजुट पनि नडराई पार्टी काम कार्यमा अग्रसर भएर आफ्नो ंजिम्मेवारी निर्वाह गर्नु हुन्थ्यो । यसै सिलशिलामा उहाँलाई २०३६ सालमा मंसिर महिनाको समय थियो । चुरे मा.वि. बगनाहामा आफ्नो विषय पढाई रहेको अवस्थामा स्कुल हाता भित्र अर्थात क्लास भित्रै आएर गिराफ्तार गरि शारिरीक याताना दिने मानसिक यातना दिने जस्ता क्रियाकलापहरु भइरहन्थे तर पनि राज्यसत्ताको बर्बर्ताबाट कहिले पनि हरेष खानु भएन । बरु हजारौ क्रान्तिकारी योद्धाहरुको जन्म गराउनु भयो र एक कुशल संगठकको दर्जा आफ्नो नाम लेख्न सफल हुदै अगाडी बढ्नु भयो । नेपाली क्रान्तिका विभिन्न टुटफुट गुड र उतारचडाबबाट कहिले निरााश हुनु भएन बरु झन उर्जाशिल बन्दै बनाउदै अगाडी बढ्नु भयो ।

२०४० सालमा पार्टीको बैकल्पिक केन्द्रीय सदस्य हुदै २०४८ सालमा भएको एकता महाधिवेशनबाट पुर्ण केन्द्रीय सदस्य भएर काम गर्नु भयो । काम कार्यको शिलशिलामा दिउँसो स्कुलमा गएर विद्यार्थीहरुलाई बढाउने लेखाउने र रातीको पुरै समय पार्टीको काम कार्यमा लागाउनु हुन्थ्यो । यो समयमा पार्टी जनयुद्धको तयारीमा भएकोले पनि उहाँहरुको असाध्यै ठुलो भुमिका रहेको छ । जसमा संगठन बनाउने काम प्राविधिक निर्माण र सम्पवर्m गर्ने जस्ता काम कार्यहरु साथै स्कुलिङ्ग दिने जस्ता महत्वपूर्ण काम कार्यमा भुमिका खेल्नु भएको थियो । पार्टीको पुरै जनयुद्धको तयारीको चरण सकिएपछि मात्र २०५२ साल फागुन १ गते यो धर्तिमा अर्थात नेपाली भुमिमा महान जनयुद्धको संखघोष भयो । उहाँ दिन प्रतिदिन पार्टीका आन्तरिक काम कार्यलाई निरन्तरता दिन छोड्नु भएन । उति खेर प्रतिक्रियाबादी शाही सेनाले कमरेड राममणि शर्मा अधिकारीलाई दिन सम्म यातना जेलनेल दियो कि शारिरिक मेरुदण्ड नै भाँचिने गरेर तर उहाँले क्रान्तिकारीहरु यातना जेलनेल बाट डराउनदैनन बरु सहिद हुन्छन । मलाई मारा म सत्यको बाटो कहिल्यै छाड्ने छैन भन्नु हुन्छ । देशमा एकपछि अर्काे सफलता हात पार्दै महान जनयुद्ध अगाडी बढीरहेको थियो, उहाँले आफ्नो क्षेत्रबाट क्रान्तिलाई सघाई रहनु भएको थियो । पछिल्लो चरण अर्थात रणनितिक सन्तुलनको चरणमा प्रवेश गर्दै थियो उहाँका यातनाका घाउहरुले गर्दा असाध्यै कमजोर र अर्थात थला पर्नु भयो । उहाँलाई उपचारको शिलशिलामा भारतको लखनउ गएर आफ्नो उपचार गरेर फर्किनु भयो ।

तराई क्षेत्रको बर्दिया जिल्ला माओबादी आधार इलाका अर्थात लाल किल्ला भनेर चिनेन्थ्यो त्यसैले पनि फिल्डमा काम कार्य गर्न असाध्यै कठिन थियो । किनकि दुस्मनले पिछा गरिरहन्थ्यो । तर पनि अस्वस्थ्यता एकातिर दुस्मनको पिछा अर्काे तिर भएतापनि आफ्नो कर्तव्यलाई कहिल्यै भुल्नु भएन । नेपाली क्रान्तिले अर्थात महान जनयुद्धले यहि विचमा केही उतावचढाव खेप्नु प¥यो । जसमा महासचिव कमरेड मोहन वैद्य किरण र दे.ज.मो. नेपालका अध्यक्ष सिपि गजुरेलको गिराफ्तारी पछि बुनिएका तानाबानाको विपक्षमा रहेर आफ्नो मत जाहेर गर्नु हुन्थ्यो । पछि दिल्लीमा भएको बाह्र बुदे सम्झौता सेना समायोजन जस्ता विषयमा घोर आपत्ति जनाउनु भएको थियो । पछिल्लो समयमा पार्टी सुधारवादी लाइनमा फस्दैछ । क्रान्तिकारीहरु सचेत र सजग रहनु पर्छ सुधारवादको विरोध र भण्डाफोर गर्नु पर्छ भन्ने गर्नुहुन्छ । पछिल्लो समयमा अर्थात २०६७ सालमा प्रचण्ड बर्दियामा आएको बेला उहाँले प्रचण्डलाई पार्टी नव संसोधन वाद विषयमा जादैछ , यसलाई बचाउनु हाम्रो कर्तव्य हो । तपाईको यसमा ध्यान जाहोस् । भनेर सुझाव दिनु भएको थियो पछिल्लो समयमा उहाँ प्रेसर, सुगर जस्ता रोगहरुबाट पिडित हुनुहुन्थ्यो । तर पनि हामीले उहाँलाई भेटदा भन्ने गर्नुहुन्थ्यो कि म हिड्न सक्दैन मलाई तपाईहरु गाडीमा राखेर लैैजानुहोस म आफु संग भएका ज्ञानहरु साथीहरुलाई दिनेछु भन्ने हुन्थ्यो ।

अन्तः नेपाली क्रान्तिका धरोहर अर्थात बर्दिया जिल्लाका कम्युनिष्ट पार्टीका संस्थापक कमरेड राममणी शर्मा अधिकारीको स्वास्थ्यमा समस्या देखिएपछि तत्कालै नेपालगंजको भेरी अस्पतालमा भर्ना हुनुभयो । अस्पतालमा विरामी हुदा पार्टीका महासचिव भेट गर्न आउँदा उहाँले केही त बोल्नु भएन । तर पछि उहाँका सहयोगीलाई भन्नु भएछ ठिकै छ म बिरामी भएपनि किरण जी ठिक हुुनुहँुदोरहेछ । खुशी लाग्यो अबको नेपाली क्रान्तिको कार्यभार उहाँको काँधमा छ, भन्ने जस्ता गरुङ्गा वजपूर्ण शब्दहरु बोल्नु भएको थियो । त्यसैको पछिल्लो दिन हामी हस्पितलमा भेट्न जाँदा भन्नु भएको थियो । जो की तपाईहरु मलाई अस्पतालमा भेट्न आउनु भएको छ । खुशी लाग्यो यस्तै गरी सधै भरि जनतालाई भेटिरहनु जनताको साथ कहिल्यै नछोड्नु भन्नु भयो । हाम्रो लागि यो शब्द नै अन्तिम शब्दको रुपमा रहेयो। जो कि उपचारको क्रममा २०७६ साल भाद्र १८ गते राति १०ः३० बजे उहाँले आफ्नो जिवन उत्सर्ग गर्नुभयो । हाम्रो पार्टी नेकपा (क्रान्तिकारी माओवादी)ले उहाँको दुखद निधन प्रति गहिरो दुख व्यक्त गर्दै पार्टीका पोलिटव्युरो सदस्य कमरेड सङकुल र केन्द्रीय सल्लाहकार समिति सदस्य कमरेड कृष्ण भट्टराईले झण्डा ओढाएर एक मिनेट हार्दिक श्रद्धाञ्जली अर्पण गरियो । उहाँको परिवारजन प्रति धैर्यधारणको कामना गरियो । र उहाँका अधुरा सपना पुरा गर्न हामी लागिरहेका छौं, लागिरहने छौं हार्दिक श्रद्धाञ्जली कमरेड राममणी शर्मा अधिकारी ।