क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकार अधिकारीको निधन, अधिकारीको निधनबाट पार्टी र क्रान्तिमा ठूलो क्षति : क्रान्तिकारी माओवादी

क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकार अधिकारीको निधन, अधिकारीको निधनबाट पार्टी र क्रान्तिमा ठूलो क्षति : क्रान्तिकारी माओवादी


काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)मा केन्द्रीय सल्लाहकार समितिका सदस्य राममणि अधिकारीको निधन भएको छ । बाँके नेपालगञ्जको भेरी अस्पतालमा उपचरार्थ अधिकारीको बुधबार बेलुका साढे १० बजे निधन हुन पुगेको हो ।

यसबैची, पार्टी सल्लाहकार अधिकारीको निधनबाट पार्टी र क्रान्तिका लागि ठूलो क्षति भएको भन्दै नेकपा (क्रान्तिकारी माओवादी)ले एक वक्तव्य जारी गरी दिवंगत सल्लाहकार अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

१९ भदौंमा पार्टी महासचिव मोहन वैद्य‘किरण’ले जारी गरेको वक्तव्यमा भनिएको छ, “२०७६ भदौं १८ गते बेलुकी १० ः ३० बजे बर्दिया जिल्ला निवासी हाम्रो पार्टीको केन्द्रीय सल्लाहकार समितिको सदस्य क. राममणि अधिकारीको ०७३ वर्षको उमेरमा दुःखद् निधन भयो । उहाँ तेस्रो महाधिवेशन पश्चात नेपाली कम्युनिस्ट आन्दोलनमा सम्मिलित हुनु भई २०३१ सालमा सम्पन्न चौथो महाधिवेशन कालदेखि पार्टी संगठनका विभिन्न तहमा आवद्ध हुँदै केन्द्रीय समितिमा समेत रही देश, जनता, क्रान्ति र मुक्तिको पक्षमा निरन्तर काम गर्दै र दशवर्षको जनयुद्धको अवधिमा पनि आवश्यक सहयोग पु¥याउँदै आउनु भएको थियो । उहाँको निधनबाट क्रान्ति र पार्टीका लागि ठूलो क्षति भएको छ । यस निधनबाट हामी निकै दुखित भएका छौं । यस दुःखद् घडीमा हाम्रो पार्टी क. राममणि अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँको शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।”