थरुहट आन्दोलन–वर्गीय कि जातिय ?

प्रकाशित मिति : २०७६ भाद्र १८

- हुकुमबहादुर सिंह


नेपालको कूल जनसंख्याको आधारमा थारुहरुको बाहुल्यता भएका क्षेत्रहरु, खासगरी तराई–मधेसमा पर्ने क्षेत्रहरुमा थरुहट स्वायत्त प्रदेश स्थापना गरिनु पर्दछ भन्ने मागका साथ भरखरै नेपालका थारुहरुको प्रतिनिधित्वसहीत थरुहट सम्मेलन सकिएको छ । र थरुहट स्वायत्त प्रदेश स्थापनाका लागि थरुहट आन्दोलन गर्ने उद्घोष सम्मेलनले गरेको छ । यसको साथै फेरी एक पटक थरुहट आन्दोलन– वर्गीय कि जातीय ? भन्ने प्रश्न उठेको छ । यसमा विगतमा जस्तै अहिले पनि नेपाली समाज विभाजित देखिएको छ ।
तराई–मधेसमा जातीय हिसावले थारुहरु नै एउटा उत्पीडित जाति रहदै आएको छ । त्यसैले थारुहरुमाथि भए गरिएका सबैखालका उत्पीडनबाट मुक्ति थरुहट आन्दोलनको महत्वपूर्ण पक्ष हो र हुनु पर्छ–यो एउटा माक्र्सवादी दृष्टिकोण हो । माक्र्सवादी दृष्टिकोण अनुसार माथि उल्लेखित शिर्षकको प्रश्न– थरुहट आन्दोलन– वर्गीय कि जातीय ? भन्नेमा थारुको सन्दर्भमा त यो दुवै हो । वर्गीय पनि र जातिय पनि । थारुहरुको उत्पीडनबाट मुक्ति जातीय पनि हो र वर्गीय त हु“दै हो ?
अहिलकोे सम्मेलनले “थरुहट प्रदेशका लागि संविधान संशोधन हुनुपर्छ’ भनेको छ । सम्मेलनका साथै विगतमा थरुहट प्रदेश र टिकापुर घटनालाई लिएर सरकारले कैयौ थारु नेताहरुलाई जेल हालेको छ र यही क्रममा कैलाली–१बाट प्रतिनिधिसभामा नीर्वाचित रेशम चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गर्दै कैलाली जिल्ला अदालतले गत फागुनमा उनलाई जन्म कैदको सजाय सुनाएको थियो । अहिले यही घटनामा ५८ जनाले थारु नेताहरु र सर्वसाधरणले जेल सजाय भोगीरहेका छन् । उनीहरुको रिहाइका लागि पनि आन्दोलको आवश्यकता भएको ठहर सम्मेलनले गरेको छ । ‘थारुहरुको पहिचान मेटाउनेगरी ल्याइएको संविधानका कतिपय बू“दाहरु संशोधनका लागि दवाव दिन पनि आन्दोलन आवश्यक छ ।’ उदयपुरका सहभागी डा. उदय चौधरीको भनाइ छ ।
थारु आन्दोलनका अगुवाहरुमध्ये केहीको भनाइ छ–‘सहभागीहरुले कुनै पनि राजनीतिक दलको मोहरा नबन्न थारु नेताहरुलाई सुझाव दिएका छन् । बर्दीयाका मोहन चौधरी भन्छन्–‘नेतृत्व कर्ताले कुनै पनि दलको झोले कार्यकर्ता बन्नु उचित छैन ।’
यो भनाइका पछाडि विगतको थारु आन्दोलनको बु“इ चढेर सरकारका प्रधानमन्त्री, मन्त्री तथा उच्च ओहोदामा पुगेर थारुहरु र उनका नेताहरुलाई धोका दिएका मधेसी पार्टीहरु र तिनका नेताहरु । साथै माओवादी जनयुद्धका नेताहरु प्रचण्ड र बाबुरामले दिएको धोका र घृणाको अभिव्यक्ति हो यो भन्दा अत्युक्ति हु“दैन ।
के सही हो भने वर्गीय रुपमा नेपालका हरेक समुदायमा जस्तै थारु समुदायभित्र पनि दुइवटा वर्ग स्पष्ट देखिएको छ–उत्पीडित र उत्पीडक । जातिय हिसावले थारु जाति नेपालको उत्पीडित जाति मध्ये एउटा हो । त्यसकारण उनीहरु माथिको जातिय उत्पीडनबाट मुक्ति आन्दोलनको एउटा पक्ष हो भने अर्को के पनि सत्य हो भने उनीहरुभित्रको र बाहिरको वर्गीय उत्पीडनबाट मुक्ति आधारभूत पक्ष हो । साथै थारु जातिभित्रको सामन्तवाद बलियो गरी जरा गाडेको छ । समुदायभित्र ‘बडहर’ राख्ने प्रथा यसको बलियो उदाहरण रहेको छ । उनीहरुभित्र राजनीतिक चेतनाको काफी अभाव छ । माओवादी जनयुद्धका दौरानमा धेरै थारु नेताहरु र सर्वसाधरण सहीद बनाइएका छन् र वेपत्ता पारिएका छन् । घाइते अपांग उत्तिकै छन् । त्यसपछिको टिकापुर घटनाले त बचेखुचेको जनयुद्धको राप र तापलाई समेत तहस नहस पारिदिएको छ ।
माक्र्सवादी सिद्धान्त र विचारले स्पष्ट बनाएको छ कि सम्पूर्ण उत्पीडित वर्ग, गरिब, किसान, मजदुरको पक्षमा लड्ने संसारमा एउटा दर्शन छ र त्यहीअनुरूपको राजनीति छ । त्यस्तै, अर्को हुनेखाने वर्गको पक्षमा सत्ता टिकाइरहने दर्शन र राजनीति छ । यिनै दुई बिचको लडाई अहिले थारु आन्दोलनभित्र पनि मुखरित हुनु आवश्यक छ । थारु भएकै कारण सरकारका उच्च पद र राजनीतिक पार्टीका उच्च ओहोदामा पुगेर मोजमस्ती गर्ने थारु नेताहरु र अन्य गरीब थारुहरुलाई हेप्नेहरु पनि थारु जाति भित्रै देखिएका छन् । त्यसकारण थारुलगायत नेपालका उत्पीडित जातिको सही मुक्तिका लागि वर्गीय युद्ध अनिवार्य सर्त हो । तर यसको अर्थ जातिय आन्दोलनबाट उनीहरुमाथिको अन्य जातिहरुको उत्पीडनबाट मुक्ति पनि अनिवार्य छ । यसरी जातिय र वर्गीय मुक्तिलाई संगसंगै लगेर मात्रै सही अर्थमा थारुहरु लगायत नेपालका अन्य उत्पीडित जात जातिहरुको मुक्ति सम्भव छ । के चाही सत्य हो भने सबै जातिहरुमा शोषक पनि छन् र शोषित पनि छन् । गरीब पनि छन् धनी पनि छन् । तर जातिय हिसावले शासकवर्ग र शोषित वर्ग पनि छन् । त्यसकारण नेपालको ऐतिहासिक संरचनाअन्तरगत शासकवर्ग,जसलाई बाहुन, क्षेत्री, ठकुरीआदि नामाकरण गरिएको छ तर ती जाति भित्र पनि गरीब र धनी, उत्पीडक र उत्पीडित छन् र अन्य जातिभित्र पनि त्यो सही हो । संख्यात्मक हिसावले कमि वेशी होला । त्यसैले सबै जातिभित्रका वर्गीय रुपले उत्पीडितहरुको एकता अनिवार्य छ । जसका लागि थारुलगायत अन्य जातिभित्र वर्गीय एकताका लागि माक्र्सवादी सैद्धान्तिक चेतनाको अभिवृद्धि अनिवार्य छ । जसका लागि थारुहट सम्मेलनले निर्कोल गरेको ‘थारुहरुको पहिचान मेटाउनेगरी ल्याइएको संविधानका कतिपय बू“दाहरु संशोधनका लागि दवाव दिएर मात्रै सम्भव छैन र झन थारु आन्दोलनका अगुवाहरुमध्ये केहीको भनाइ छ–‘कुनै पनि राजनीतिक दलको मोहरा नबन्न सुझाव दिएका छन् । बर्दीयाका मोहन चौधरी भन्छन्–‘नेतृत्व कर्ताले कुनै पनि दलको झोले कार्यकर्ता बन्नु उचित छैन ।’ भन्ने भनाइबाट त झनै सम्भव छैन । सम्भव छ त केबल माक्र्सवादी दर्शनबाट । किनभने यसले मात्रै यी दुवै–वर्गीय र जातिय उत्पीडनबाट मुक्तिको सही मार्ग देखाउन सक्छ र हसिया हथौडा अंकित झण्डामूनी गोलबन्द भएर मात्रै वर्गीय र जातिय मुक्ति सम्भव छ । यो माक्र्सवाद–लेनिनवाद–माओवादको आलोकमा सर्वहारा क्रान्ति र नेपालको सन्दर्भमा नया“ जनवादी क्रान्तिबाट मात्रै सम्भव छ ।
जनयुद्ध पछि र २०६२÷०६३को जनआन्दोलनबाट उदाएका थारु तथा अन्य जातिका नेताहरुलाई हेरेमा के स्पष्ट हुन्छ भने सबै पक्षका नेताहरू त व्यक्तिगत रूपमा आफ्नै लागि घर–जग्गा, सम्पत्ति, ठेक्कापट्टा, बैंक ब्यालेन्स, पारिवारिक सुखसुविधा, खानपान, रहनसहनजस्ता विषयको चिन्तामा फसेका छन् र त्यहीअनुकूलका व्यवहारमा लागेका छन् । विभिन्न जातिय समुदायमा रहेका सामान्य जनताको भन्दा फरक ढंगले उच्च, कुलीन वर्गकोजस्तो आचरण थारु नेतृत्व तहमा पनि देखिन गएको छ । विभिन्न जातिय नेतृत्वले नै आफ्ना वरपरका र आफन्तहरूलाई मात्रै समेट्ने र प्रमुख जिम्मेवारी सुम्पिने प्रवृत्तिहरू मौलाउ“दै गएका छन । त्यसैले के निश्चित हो भने थारु लगायत अन्य उत्पीडित जातिभित्रका असन्तुष्टहरु अव रूपान्तरित भएर पुनर्संगठित हु“दै जनवादी क्रान्तिका लागि पुनर्जीवन प्राप्त गर्ने दिशातर्फ अगाडि बढन आवश्यक छ । थारु आन्दोलनवारे पनि सत्य हो ।
जगपगmकष्लनजद्दण्ज्ञद्द२थबजयय।अयm