
चितवन । नेकपा क्रान्तिकारी माओवादी निकट शिक्षक संगठन अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनकोे भेला मंगलबार सम्पन्न भएको छ । सो भेलाले अमर बहादुर थापालाई उक्त संगठनको अध्यक्षमा चयन गरेको छ ।
भलाले प्रमोद अधिकारीलाई उपाध्यक्षमा, समिधा मरहट्टालाई सचिवमा र केदार परियारलाई कोषाध्यक्षमा चयन गरेको छ । त्यसैगरी भेलाले उक्त कमिटिका सदस्यहरूमा जेनिसा परियार, चन्द्रकला परियार लगायतलाई चयन गरेको छ ।
११ सदस्यीय निर्वाचित उक्त कमिटिलाई नेकपा क्रान्तिकारी माओवादीका केस विकास, चितवन जिल्ला पार्टी सचिव अशोक शर्मा लगायतका नेताहरुले सफल कार्यकालको शुभकामना दिएका थिए ।





























