नयाँ दिल्ली । नेपाली एकता समाज, भारत दिल्ली–इनसीआर राज्य समितिको एकताको प्रथम राज्य सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । भेलाको उद्घाटन कार्यक्रम भारतको राजधानी दिल्ली अन्तर्गत नोएडा सेक्टर–४४, छलेरा भिलेज अवस्थित बरात घर भवनको सभाकक्षमा २०७६ साल भाद्र १५ र १६ गतेका दिन सम्पन्न भएको हो । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय महासचिव परि थापाको प्रमुख अतिथ्यतामा भव्य रुपमा सम्पन्न सम्मेलनमा सम्मेलनको उद्घाटन गर्दै महासविच थापाले सम्मेलनको भव्य सफलताको शुभकामना व्यक्त गर्दै नवनिर्वाचित कार्य समितिका पदाधिकारी र सदस्यहरुलाई हार्दिक बधाई समेत ज्ञापन गर्नुभयो ।

समाजका केन्द्रीय समितिका सचिवालय सदस्य एवं राज्य समितिका अध्यक्ष हरि थापाको अध्यक्षता, केन्द्रीय सदस्य एवं राज्य समितिका सचिव के. बी. सिंहको उद्घोषण, केन्द्रीय समितिका सदस्य एवं राज्य समितिका सचिव गोविन्द थापाको स्वागत मन्तव्यबाट अगाडि बढेको सम्मेलनमा सामना सांस्कृतिक परिवारद्वारा स्वागत गीत प्रस्तुत भएको थियो । सामना सांस्कृतिक परिवारका कलाकारहरुद्वारा प्रस्तुत गरिएको रोचक प्रगतिशील गीत र नृत्यहरुले सम्मेलनको थप रौनकता बढाउनुका साथै रोमान्चक बनाएको थियो ।
सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि थापाले वर्तमान कथित कम्युनिस्ट पार्टीको सरकारले विगतका सरकारहरुले जस्तै राष्ट्रघात, जनघात र भ्रष्टाचारलाई निरन्तरता र व्यापकता दिएको बताउनु भयो । उहाँले अगाडि भन्नुभयो, ‘समाजवाद’ को लफ्फाजी दिएको सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीको दायित्व लिनु पर्नेमा ती विषय र क्षेत्रमा भैरहेको नीजिकरणलाई तिब्रता दिएर मुठ्ठीभर दलाल, नाफाखोर र विचौलियाहरुको हितमा काम गरेको छ ।’
त्यसैगरी वहांले थप भन्नु भयो, ‘वर्तमान सरकारले संविधानमा व्यबस्था भएका प्रावधानहरुका विपरित कार्य गरेको र राज्य व्यबस्था प्रतिकृयादमा पतन भैसकेकाले अब यसको भण्डाफोर गर्न आवश्यक नभएकाले आगामि मंसिर महिनामा हुने भनिएको संघीय र स्थानीय चुनावलाई सकृय बहिष्कार गर्दै राष्ट्रीयता, जनतन्त्र र जनजीविकाका समस्याहरु समाधान गर्न संघर्षलाई सशक्त ढंगले अगाडि बढाएर संघीय जनगणतन्त्र स्थापनाको दिशामा अगाडि बढ्दै वैज्ञानिक समाजवादको स्थापना गर्नु पर्दछ ।’
वहांले नेपाली एकता समाज, भारतले देश भित्र भएका र हुने विभिन्न आन्दोलन र संघर्षहरुमा सहयोग, समर्थन र सहभागिता पुर्याउंदै आएको स्मरण गर्दै नेपाली एकता समाज, भारतको प्रसंशा गर्नुभयो। साथै वहांले देशमा रोजगारीको अभावका कारण विदेशिन वाध्य भएका युवाहरु लाई संगठित, सचेत एवं अनुशासित हुन र बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा समेत नेपाली एकता समाज, भारत लाई धन्यवाद दिनुभयो।

हार्दिक शुभकामना !

नेपाली एकता समाज, भारत केन्द्रीय समितिका महासचिव विष्णु शर्माले नव निर्वा्चित राज्य समितिको नामावलि प्रस्तुत गर्नु भएको थियो। त्यसैगरि वहांले सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नुका साथै नवनिर्वा्चित कार्य समितिलाई वधाई ज्ञापन गर्नु भयो। सम्मेलनमा शुभकामना मन्तव्य दिनेहरुमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) भारत प्रवास प्रदेश समितिका सचिव क. कुमार बोगटी ‘विकल्प’ नेपाली एकता समाज, भारतका केन्द्रीय समितिका उपाध्यक्षहरु राजु शर्मा, शोभाकर अधिकारी, सचिवालय सदस्यहरु भक्त पुन, सुरज कुमार, शम्भु थापा, केन्द्रीय सदस्यहरु रमेश गैरे, क्रान्तिकारी युवालिग सचिवालय सदस्य विक्रम थापा समेतले सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो।
सम्मेलनले हरि थापाकोको अध्यक्षतामा पन्द्र (१५) पूर्ण र चार (४) जना वैकल्पिक सदस्स्य हरेको नेपाली एकता समाज, भारत दिल्ली(एन.सी.आर राज्य समिति चयन गरेकोछ। राज्य समितिको अन्य पदाधिकारीहरुमध्ये उपाध्यक्ष गोविन्द थापा, सचिव के. बी. सिंह, सहसचिव, दीपमाला, कोषाध्यक्ष शेर बहादुर भण्डारी रहनु भएकोछ भने सदस्यहरु दल बहादुर रायमाझी,श्यामलाल न्यौपाने, लाल बहादुर थापा, धर्मराज थापा, पवन सिंह, विष्णु सारु, नम बहादुर घर्तिमगर, कविराज पुन, किसन घर्तिमगर, रुकविर सिंजाली रहनु भएकोछ। त्यसैगरी वैकल्पिक सदस्यहरु गीता थापा, सुरेन्द्र सिंह, रमेश थापा, लोक बहादुर सिंजाली र सल्लाहकारहरु भेकराज, बिट्टु कुमार, रेश्मा शर्मा, देवीराम ओली,मोहन केसी रहनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार