उखाने सरखारका मुखिया उर्फ हाम्रा पर्धानमन्तरीले सरखार बनाएपछि एउटा कुरा घोषणा गरे–‘समृद्ध नेपाल सुखी नेपाली’ । सरखारमा बस्दै जाँदा उनले समृद्ध नेपाल बनाउने थुप्रै थुप्रै योजनाहरू घोषणा गर्दै गए । देशमा पानी जाज कुदाउने, रेल गुडाउने, एरपोट बनाउनै नपर्ने रे हाइवेमा जाँज ओराल्ने, घरघरमा पाइपबाट ग्यास भान्सामै पु¥याउने, हावाबाट विजुली निकालेर देशै झिलिमिलि पार्ने आदि इत्यादि चमत्कारी योजना निकाले । पूर्व माकेका सुप्रिमो पच्छिम एमालेमा छिरेर दुईनम्बरी अदक्ष भएपछि आफ्नो चमत्कार एक नम्बरी अदक्ष मिस्टर उखानप्रसाद अर्थात् पर्धानमन्तरीलाई पनि सारिदिए । चमत्कार, छलाङ, महाविपत्ती, महान् धक्का, क्रमभङ्ग आदि कुरा त हालका दुइनम्बरी अदक्षले जनयुद्ध लड्दा आविष्कार गरेका हुन् । यी त उनका दर्शन् पो हुन् त गाँठे । पाटी एकता गर्दा यो कुरो एकनम्बरी अदक्षलाई पनि सहमत गराएचन् । त्यै भएर ऐले हाम्रा पर्धान मन्तरीले पनि छलाङ हान्दै चमत्कार देखाउँदै सरखार चलाएका छन् ।

पर्धानमन्तरीले समृद्धिको आर्को चमत्कार यसपाला देखाउने भएचन् । उनी यतिखेर आपूmलाई बिमारले च्यापेर ओक्तोमुलो गर्न सिङ्गापुर गएका छन् । सिङ्गापुरमा धेरै दिन बस्न पर्नि भएछ । अव सरखारका बैठक पनि उतैबाट चलाउने रे । भिडियो मार्फत् सरखारको बैठक बसेर सरखार चलाउने रे । ऐलेसम्म हामी नेपालीका देउता चन्द्रमामा मनुखेनै पठाएका अम्रिका, रुस जस्ता देशका सरखारले पनि गर्न नसकेको काम हाम्रा पर्धानमन्तरीले गर्ने भएका छन् । बेलाइत, चाइना, जापान, जर्मन, फरान्स, हिन्दूस्तान, पाकिस्तान जस्ता भव्य भव्य विकास गरेका मुलुकले पनि यस्तो बैठक गरेको यो कैलुले था’ पा’को छैन । सबै भन्दा पैला हाम्रा पर्धानमन्तरीले आर्कैको देशाँ बसेर त्यो पनि अस्पतालको ओछ्यानैमा सुतेरै आफ्नो देशको सरखार चलाउने रे । यो हो समृद्धिको चमत्कार । छलाङ, महाविपत्ती, गम्भीर धक्का, चमत्कार जस्ता दर्शन त दुइनम्बरी अदक्षले हिज जनयुद्ध चलाउँदा आविष्कार गरेका हुन् । ऐले पाटी एउटै भएपछि दुइनम्बरीले आविष्कार गरेका कुरा एकनम्बरीले पनि लागू गरेपछि त दुइनम्बरी अदक्षको विचार पनि हावि भैहाल्यो । त्यै भएर दुइनम्बरीले आफ्ना गँुडतिरका कार्यकर्तालाई पर्शिक्षन दिँदा हामीले सूर्यछापलाई निल्नकै लागि एकता गरेको भन्दा रैचन । जे होस समृद्धिको चमत्कार चमत्कारै भएको छ ।

हार्दिक शुभकामना !

हाम्रा पर्धानमन्तरीले समृद्धिको नयाँ ढोका खोले । अब उप्रान्त सरखार चलाउन देशमै बस्नु पर्ने, बैठक बस्न मन्तरीको कार्यकक्षमै बस्नु पर्ने आवश्यकता छैन । सन्सारको जुनकुनै देशाँ गएर पनि उतैबाट बैठक बस्न सकिने र सरखार चलाउन सकिने भयो । यो हो देश समृद्ध बनाउने खास्साको जुक्ति । एक्काइशौँ शताव्दीसम्म आइपुग्दा अरूले हाम्रा देउता (चन्द्रमा)लाई लात्ताले हानेर, कोपरेर, चिथरेर आइसके भने हाम्ले कम्तिमा आर्कैको मुलुकाँ बसेर पनि बैठक बसेर आफ्नो मुलुकलाई समृद्ध बनाउन सक्ने भइम् । यो पनि चमत्कारकै कुरो हो ।
यसैगरी अब उप्रान्त पर्देशका बैठक पनि काठमान्डुबाटै बस्न सकिने भयो । पर्देशका मुख्येमन्तरीहरू सबै काठमान्डुमा घरजम गरेर बस्ने र उतैबाट आआफ्ना पर्देशका बैठक बसालेर सरखार चलाउने । त्यसो गर्दा उनरुलाई आफ्ना पाटीका केन्द्रका बैठक बस्न पटक पटक काठमान्डु धाइरहन पनि नपर्ने हुन्छ । त्यसै गरेर पालिके प्रमुखहर्ले पनि जिल्लातिर, पर्देशमुकामतिर, नेपाल सरखारको मुकामतिर डेराडन्डा कसेर उतैबाट भिडियो मार्फत् बैठक बसेर उतैबाट निर्देशन दिएर पालिकाका सरखार चलाउन सक्ने छन् । एवम् रितले वडाधिसहर्ले पनि आआफ्ना घरतिर बसेर वडाका बैठक भिडियोबाटै गर्ने छन् । त्यसरी वडासरखार चल्ने छ । त्यसो गर्दा केन्द्र, पर्देश र पालिकाहर्का सरखार प्रमुखहर्लाई एकैठाउँमा मुकाम जमाएर अफिस मा दैनिक धाएर सरखार चलाउन परेन । देश विदेश घुमेर, अरू देशका विकासे उधुम हेरेर उतैबाट सरखार चलाउन सकिने भयो । यसरी मात्रै समृद्ध नेपाल बन्ने छ । देश समृद्ध भएपछि रैतीजन सबै सुखी हुने छन् । यो हो समृद्ध नेपाल सुखी नेपाली बनाउने चमत्कारी योजना । उखाने सरखारको जय होस् ।
८ भदौ २०७६

प्रतिक्रिया

सम्बन्धित खवर