देशभक्त जनगणतान्त्रिक मोर्चाको १. प्रदेशको सम्मेलन सम्पन्न, अध्यक्षमा शान्तिराम गिरी निर्वाचित

प्रकाशित मिति : २०७६ भाद्र १०


इटहरी । नेकपा (क्रान्तिकारी माओवादी)को संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको १ नं. प्रदेशको सम्मेलन सम्पन्न भएको छ । मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेल‘गौरव’को प्रमुख उपस्थितिमा सम्पन्न सम्मेलनले शान्तिराम गिरीलाई प्रदेश अध्यक्षमा निर्वाचित गरेको छ । सुनसरीको इटहरीमा सोमबार सम्पन्न सम्मेलनले गिरीको नेतृत्वमा ३५ सदस्यीय प्रदेश कमिटि निर्वाचित गरेको छ । सम्मेलनले उपाध्यक्षहरुमा अम्बिका रेग्मी र योगेन्द्र राजवंशी, सचिवमा टीका राई, सह–सचिवहरूमा तारक लिम्बु र सुधिर मण्डल र कोषाध्यक्षमा लिलबहादुर बिकलाई निर्वाचित गरेको छ ।

सम्मेलनमा प्रमुख अतिथि अध्यक्ष गजुरेल, नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हरिभक्त कँडेल‘प्रतीक’, पीवीएम मीनकुमारलगायतका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए ।