नेपाली एकता समाज, भारत मध्य प्रदेश छत्तिसगढ राज्य सम्मेलन सम्पन्न

नेपाली एकता समाज, भारत मध्य प्रदेश छत्तिसगढ राज्य सम्मेलन सम्पन्न

नेपाली एकता समाज, भारत मध्य प्रदेश-छत्तिसगढ संयुक्त राज्य समितिको एकताको प्रथम राज्य सम्मेलनको उद्घाटन कार्यक्रम मध्य प्रदेशको राजधानी भोपालको तुलसीनगर अन्तर्गत नर्मदीय भवनको सभाकक्षमा २0७६ साल भाद्र ७ र ८ गतेका दिन देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय महासचिव क. परि थापाको प्रमुख अतिथ्यतामा भव्य एवं सभ्य रूपमा सम्पन्न भएकोछ।उद्घाटनका दौरानमा वहांले सम्मेलनको भव्य सफलताको शभकामना व्यक्त गर्दै नवनिर्वा्चित कार्यसमितिका पदाधिकारी र सदस्यहरू लाई हार्दिक वधाई ज्ञापन समेत गर्न भयो।

उक्त सम्मेलन केन्द्रीय सदस्य एवं राज्य समितिका सभापति डम्बर भण्डारीको अध्यक्षता, क्रान्तिकारी युवा लिगका केन्द्रीय सचिवालय सदस्य विक्रम थापाको उद्घोषण, राज्य समितिका सदस्य मान बहादुर परियारको स्वागत मन्तव्यबाट अगाडि बढेको थियो भने सामना सांस्कृतिक परिवार द्वारा स्वागत गित प्रस्तुत भएको थियो। सामना सांस्कृतिक परिवारका कलाकारहरू द्वारा प्रस्तुत गरीएको रोचक प्रगतिशील गित र नाचले सम्मेलनको थप रौनकता बढाउनका साथै रोमान्चक बनाएको थियो।

सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि थापाले वर्तमान कथित कम्युनिस्ट पार्टीको सरकारले विगतका सरकारहरू जस्तै राष्ट्रघात, जनघात र भ्रष्टाचारलाई निरन्तरता र व्यापकता दिएको बताउनु भयो। उहांले अगाडी भन्न’ भयो, ‘समाजवाद’ को लफ्फाजी दिएको सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीको दायित्व लिन’ पर्नेमा ती विषय र क्षेत्रमा भैरहेको नीजिकरणलाई तिब्रता दिएर मुठ्ठीभर दलाल, नाफाखोर र विचौलियाहरूको हितमा काम गरेकोछ।

त्यसैगरी उहांले थप भन्नुभयो, ‘वर्तमान सरकारले संविधानमा व्यबस्था भएका प्रावधानहरूका विपरित कार्य गरेको र राज्य व्यबस्था प्रतिकृयावादमा पतन भैसकेकाले अब यसको भण्डाफोर गर्न आवश्यक नभएकाले आगामि मंसिर महिनामा हुने भनिएको संघीय र स्थानीय चुनावलाई सकृय बहिष्कार गर्दै राष्ट्रीयता, जनतन्त्र र जनजीविकाका समस्याहरू समाधान गर्न संघर्षलाई सशक्त ढंगले अगाडी बढाएर संघीय जनगणतन्त्र स्थापनाको दिशामा अगाडि बढ्दै वैज्ञानिक समाजवादको स्थापना गर्नु पर्दछ।

उहांले नेपाली एकता समाज, भारतले देश भित्र भएका र हुने विभिन्न आन्दोलन र संघर्षहरूमा सहयोग, समर्थन र सहभागिता पुर्याउंदै आएको स्मरण गर्दै नेपाली एकता समाज, भारतको प्रसंशा गर्नुभयो साथै उहांले देशमा रोजगारीको अभावका कारण विदेशिन वाध्य भएका युवाहरूलाई संगठित, सचेत एवं अनुशासित हुन र बनाउनमा महत्वपुर्ण भुमिका निर्वाह गरेकोमा समेत नेपाली एकता समाज, भारतलाई धन्यवाद दिनुभयो।

नेपाली एकता समाज, भारत केन्द्रीय समितिका उपाध्यक्ष एम. बी. हमालले नयां राज्य कार्यसमितिको नामावलि प्रस्तुत गर्नु भएको थियो र बन्दसत्रले सर्वसम्मतिबाट पारित गरेको थियो। त्यसैगरि उहांले सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नुका साथै नवनिर्वाचित कार्यसमितिलाई वधाई ज्ञापन गर्नु भयो। सम्मेलनमा शुभकामना मन्तव्य दिनेहरूमा नेपाली एकता समाज, भारतका केन्द्रीय समितिका सदस्य के. पी. भुसाल, भारतीय कम्य’निष्ट पार्टी (माले-लाल तारा) का क. विजय कुमार र मूलप्रवाह अभानेएसका ताल बहादुर खड्का लगायत हुनुह’न्थ्यो। यसका साथै भोपाल स्थित नेपाली समुदायका व्यबसायी एवं संघ संस्थाका प्रतिनिधिहरूले समेत सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो।

सम्मेलनले नरेश थापाकोको अध्यक्षतामा ७ सदस्सीय नेपाली एकता समाज मध्य प्रदेश-छत्तिसगढ राज्य कार्य समिति चयन गरेको छ। राज्य कार्य समितिको अन्य पदाधिकारीहरूमध्ये उपाध्यक्ष मेघनाथ भण्डारी, सचिव कमल पौडेल, सहसचिव छविलाल थापा, कोषाध्यक्ष दिपक थापा रहनुभएको छ। त्यसैगरी सदस्यहरूमा रण बहादुर थापा, आभास सिंह, रण बहादुर ज्ञवालि, समर चोखाल, लक्ष्मी ढाका, शान्ति भुसाल, मीना भण्डारी, चन्द्रकली थापा, नन्दकली थापा, सपना थापा र गोपी परियार रहनु भएको छ भने एक स्थान रिक्त रहेकोछ।