दाङ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ५ नं. प्रदेशको बैठक दाङमा आइतबार सम्पन्न भएको छ । मोर्चाका प्रदेश अध्यक्ष केवी गुरुको अध्यक्षता र सचिव हिरामणि दुःखीको सञ्चालनमा सम्पन्न बैठकले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुलाई केन्द्रित र विकेन्द्रित रुपमा उठान गर्ने, यिनै विषयलाई लिएर जनसंघर्ष, वर्गसंघर्ष तथा प्रतिरोध संघर्ष उठानका निम्ति आधार तयार पार्ने लगायतका निर्णयहरु गरेको छ । किसानका समस्याहरु पहिचान गरी आन्दोलनको उठान गर्ने पनि मोर्चाले निर्णय गरेको छ ।

यसैबीच, शनिबार क्रान्तिकारी माओवादी दाङ जिल्लाको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टी केस तथा जिल्ला इन्चार्ज चिन्तनराज, सागर र शिशिर लगायतले प्रशिक्षण दिएका थिए ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर