विषादीयुक्त तरकारीले जनस्वास्थ्यमा पारेको असरबारे अन्तरक्रिया

विषादीयुक्त तरकारीले जनस्वास्थ्यमा पारेको असरबारे अन्तरक्रिया


नेपालगञ्ज । नेकपा (क्रान्तिकारी माओवादी)को संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको आयोजनामा बुटवल र नेपालगञ्जमा विषादीयुक्त तरकारीले जनताको स्वास्थ्यमा पार्ने असरबारे अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिएको छ । मोर्चाको बाँके र बर्दिया जिल्लाको संयुक्त आयोजनामा शनिबार बाँकेको नेपालगञ्जमा सम्पन्न गरिएको कार्यक्रममा देजमोका केन्द्रीय उपाध्यक्ष केवि गुरुङले अन्तक्र्रियाको विषयमाथि लिखित रुपमा तयार पारिएको आधारपत्र प्रस्तुत गर्दै विषादीयुक्त तरकारी तथा फलफूलको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पारेको र यस्तो तरकारी उत्पादनलाई निरुत्साहित गर्नुपर्ने र विदेशबाट आयातमा पनि रोक लगाउनु पर्ने वितार व्यक्त गरेका थिए ।

कार्यक्रममा पार्टीका पिविएम तथा बाँके बर्दिया इन्चार्ज संकुलले पनि मानव स्वास्थ्यमा गम्भीर असर पु¥याउने विषादीयुक्त तरकारी तथा फलफूल आयातमाथि पूरै प्रतिबन्ध लगाउनु पर्ने विचार व्यक्त गरेका थिए । कार्यक्रममा बाँकेका पार्टी सचिव अर्जुन र बर्दियाका पार्टी सचिव भूकम्पले पनि मन्तव्य राखेका थिए । कार्यक्रममा क्रान्तिकारी माओवादी तथा संयुक्त मोर्चाका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यसअघि एक मोर्चाले रुपन्देहीको बुटवलमा पनि यस्तै अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेता गुरुङले नै आधारपत्र प्रस्तुत गरेका थिए ।

यसैबीच, पार्टी पिविएम तथा ५ नं. प्रदेशका इन्चार्ज प्रमोदको प्रमुख उपस्थितिमा बर्दियाको जिल्ला प्रशिक्षण भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा पीविएम तथा बाँदे बर्दिया इन्चार्ज संकुल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।