क्रान्तिकारी युवा लिग, नेपालको प्रथम सम्मेलनबाट राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरुलाई लिएर संघर्षका कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रम पारित

प्रकाशित मिति : २०७६ असार ९

काठमाडौं । क्रान्तिकारी युवा लिग, नेपालको प्रथम राष्ट्रिय सम्मेलनले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरुलाई लिएर संघर्षका कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रम पारित गरेको छ । उक्त कुरा सम्मेलनपछि जारी नव निर्वाचित अध्यक्ष अमिर महर्जन ‘आकाश’ र महासचिव दिलबहादुर कठायतको संयुक्त हस्ताक्षित विज्ञप्तिमा जनाइएको छ ।

देशमा राष्ट्रघाती, दलाल तथा माफियाहरुको बिगबिगी बढ्दै गएपछि जनताका दिनदैनिकका समस्याहरु झन् विकराल बन्दै गएको, सरकारको फासीवादउन्मुख क्रियाकलाप बढ्दै गएको, राज्य र जनताका रक्षक भनिएकाहरुबाटै नागरिको दिनदहाडै हत्या गरिने क्रम बढ्दै गएको र विदेशी शक्तिहरुको नेपालमा अप्रिय अतिक्रमण बढ्दै गएकाले क्रान्तिकारी युवा लिगले संघर्षका कार्यक्रमहरु बढाउने घोषणा गरेको हो ।

विज्ञप्तिको पूर्ण पाठ