
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको काठमाडौं जिल्ला भेला सम्पन्न भएको छ । शनिबार चेत–बैकुण्ठ स्मृति हलमा भएको सो भेलाले कुमार घताने अध्यक्ष रहेको २९ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।

भेलाले समितिको उपाध्यक्षमा उमेश लामा, सचिवमा दिनेश बर्तौला, सहसचिवमा सन्तोष भारती, कोषाध्यक्षमा पवन गुरुङ र सदस्यहरुमा क्रमशः जित ब. राई, धर्मराज दहाल, बिनोद श्रेष्ठ, राजकुमार थापा, होम प्रसाद घिमिरे, मोहनसिंह राई, नोदराज रुचाल, बुद्धिमान तामाङ, पुर्णबहादुर लामा, रामचन्द्र खड्का, वीरबहादुर श्रेष्ठ, रामबिलास, शेखर लामा, हिम गिरी, गोपाल बिक, कुमारी थापा मगर, तुलबहादुर राई, कुलमान तामाङ, उमेश चौलागाईंलगायत रहेका छन् ।
भेलामा महासंघका केन्द्रीय संयोजक ईश्वर तिमिल्सिना, पार्टी केस तथा काठमाडौं पार्टी सचिव शारदा महत, नेताहरु धनबहादुर पन्त, बद्री चापागाईं, मोहन पहाडी, देवी गौली, उद्धब गुरुङ ,अर्जुनलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

कुमार घतानीको अध्यक्षतामा भएको भेलाको सञ्चालन दिनेश बर्तौलाले गरेका थिए ।






























