नेवाः मोर्चाको चौथो राष्ट्रिय भेला सम्पन्न, नेता पवनमान श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय कमिटि निर्वाचित

नेवाः मोर्चाको चौथो राष्ट्रिय भेला सम्पन्न, नेता पवनमान श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय कमिटि निर्वाचित


काठमाडौं । २१ स्थापना दिवसको अवसर पारेर संगठनको चौथो राष्ट्रिय भेला आयोजना गरेको नेवाः राष्ट्रय मुक्ति मोर्चाले नेता पवनमान श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय केन्द्रीय कमिटि निर्वाचित गर्दै राष्ट्रिय भेला सम्पन्न गरेको छ ।

काठमाडौंको बसन्तपुर महादेव पार्वती डबलीमा शुक्रबार एक भव्य समारोहबीच उद्घाटन कार्यक्रम सम्पन्न गरी शनिबार बन्द सत्र सम्पन्न गरेको मोर्चाले केन्द्रीय कमिटिको अध्यक्षमा पवनमान श्रेष्ठ, उपाध्यक्षहरुमा सुरेश श्रेष्ठ, मानध्वज श्रेष्ठ, गणेश खड्गी, गोर्की श्रेष्ठ, महासचिवमा शिव श्रेष्ठ, सचिवमा श्रीकृष्ण सुलु, कोषाध्यक्षमा सपना राजथलालाई निर्वाचित गरेको छ ।

भेलाले सदस्यहरुमा अमीर ताम्राकार, सचिर महर्जन, शुशिला महर्जन, अमीरमैया रञ्जित, बोधराज श्रेष्ठ, तिलक श्रेष्ठ, रत्न महर्जन, गोपालदास श्रेष्ठ, नमस्ते सायमी, भागवत प्रधान, जगदिश्वर महर्जन, कृष्णप्रसाद घेमसु, राजु लोहला, सुदिप श्रेष्ठ, सौरभ कायस्थ, सुन्दरलाल श्रेष्ठ, किरण नगरकोटी, नरेन्द्रमान श्रेष्ठ, दशराज शाक्य, ज्ञानेन्द्र प्रजापति, चुडामणी श्रेष्ठ, लीलबहादुर श्रेष्ठ, नगेन्द्र महर्जन, प्रवीण त्वान्जु, गोकुलकृष्ण श्रेष्ठ, भूमिनारायण मल्ल, दानबहादुर श्रेष्ठ, उपेश श्रेष्ठ, राजकुमार देउला, गंगा मानन्धर, अर्पणा श्रेष्ठ, अजय बज्राचार्यलगायत रहेका छन् ।

बन्दसत्रमा संगठनको सबभन्दा जुनियर सदस्य गंगा मानन्धरलाई अध्यक्ष मण्डलको अध्यक्ष बनाइएको थियो भने सञ्चालन अध्यक्ष मण्डलका सदस्य गणेश खड्गीले गरेका थिए । अध्यक्ष मण्डलका अर्का सदस्य सुन्दरलाल श्रेष्ठ थिए । बन्दसत्रमा नेता पवनमान श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदन र शिव श्रेष्ठले प्रस्तुत गरेको विधान हलबाट प्राप्त सुझावका आधारमा थपघटसहित एकमतले पारित गरिएको थियो ।


यसअघि बसन्तपुरमा गरिएको उद्घाटन सत्रको प्रमुख आतिथ्यता नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले गरेका थिए भने कार्यक्रममा फुर्नाम्गेल मोक्तान, अमीर महर्जन, शारदा महत, अब्दुल सलाम, रविन्द्र मिश्र लगायतले शुभकामना मन्तव्य दिएका थिए । पवनमान श्रेष्ठको अध्यक्षता र शिव श्रेष्ठको सञ्चालनमा रहेको कार्यक्रममा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीस, पीवीएम तथा ३ नं. प्रदेशका पार्टी सचिव दिनेश शर्मा र मोर्चाका सल्लाहकार अध्यक्ष सूर्यबहादुर नकर्मी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।