नेकपा एकताको एक वर्षमा बल्ल जनवर्गीय संगठनको एकता घोषणा

प्रकाशित मिति : २०७६ जेष्ठ ३

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एकताको एक वर्षपछि बल्ल आफ्ना जनवर्गीय संगठनहरुको एकता भएको घोषणासहित मूल नेतृत्वको नामावली सार्वजनिक गरेको छ । शुक्रबार मदन–आश्रित स्मृति दिवसका अवसरमा तत्कालीन एमाले कार्यालय बल्खुमा आयोजना एक स्मृित तथा श्रद्धाञ्जली कार्यक्रममा महासचिव विष्णु पौडेलले एकता गरिएका सबै जनवर्गीय संगठनको नेतृत्वको नामावली सार्वजनिक गरेका हुन् ।

सत्ताधारी दल नेकपाले एकतामा आएका पार्टीहरुको भागबण्डासहित जनवर्गीय संगठनको एकीकरण टुङ्ग्याएको घोषणा गरेको हो । पूर्व एमालेले संयोजकको जिम्मा दिंदा पूर्व माओवादी केनद्रलाई सह–संयोजक बनाइएको छ । त्यसै गरी पूर्व माओवादी केन्द्रले संयोजक पाएको ठाउँमा पूर्व एमालेलाई सहसंयोजक दिइएको छ ।

एकता घोषित २२ जनवर्गीय संगठनका संयोजक र सहसंयोजक निमनानुसार रहेका छन् : 

नेपाल मुस्लिम संगठनमा संयोजक सराहज अहमद र सहसंयोजकमा अटहर हुसेन, प्रेस संगठन नेपालमा संयोजक महेश्वर दाहाल र सहसंयोजक गणेश बस्नेत, अपाङगता संगठन नेपालमा संयोजक ईन्द्रमाया गुरुङ र सहसंयोजक रामप्रसाद ढुङ्गाना, खेलकुद महासंघ, नेपाल संयोजक पुरुषोत्तम पौडेल र सहसंयोजक शिव कोइराला, नेपाल दलित मुक्ति संगठनमा संयोजक तिलक परियार र सहसंयोजक बोमबहादुर. विश्वकर्मा, जनसांस्कृतिक महासंघ नेपाल संयोजक खगेन्द्र राई र सहसंयोजक सूर्य पौडेल, नेपाल उद्योगव्यवसायी महासंघमा संयोजक लक्ष्मीदास मानन्धर र सहसंयोजक श्याम पाठक, नेपाल बुद्धिजीवी संगठनमा संयोजक दिनेशचन्द्र देवकोटा र सहसंयोजक कृष्ण केसी, मानवअधिकार तथा समाजिक अभियानमा संयोजक मिनबहादुर शाही र सहसंयोजक भुपेन पोखरेल, पेशागत महासंघमा संयोजक विश्वनाथ प्याकुरेल र सहसंयोजक दयाराम बस्याल, भूमिहीन सुकुम्वासी संगठनमा संयोजक रामप्रित पासवान र सहसंयोजक पदम देवकोटा, अनेरास्ववियुमा संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङ, युवासंघमा संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेल, आदिवासी जनजाति महासंघमा संयोजक सुरेश आलेमगर र सहसंयोजक शेरबहादुर तामाङ, भूतपूर्व सैनिक तथा प्रहरी संगठनमा संयोजक धनबहादुर चन्द, सहसंयोजक जीवन बुढा, टे«ड युनयिन महासंघमा संयोजक विनोद श्रेष्ठ र सहसंयोजक जगत सिंखडा, अखिल नेपाल महिला संघमा संयोजक अमृता थापा र सहसंयोजक सीता पौडेल, अखिल नेपाल किसान महासंघमा संयोजक बामवेद गौतम, सहसंयोजक चित्रबहादुर श्रेष्ठ, प्रवासी नेपाली एकता मञ्च भारतमा संयोजक लोकनाथ भण्डारी र सहसंयोजक ईश्वरी भण्डारी रहेका छन् ।