क्रान्तिकारी पत्रकार महासंघ ५ नं. प्रदेशको भेला सम्पन्न, पत्रकार रवि पाण्डेको संयोजकत्वमा प्रदेश कमिटि गठन

प्रकाशित मिति : २०७६ बैशाख २७

दाङ । क्रान्तिकारी पत्रकार महासंघ प्रदेश ५ को भेला दाङको भालुवाङमा सम्पन्न भएको छ । भेलाले रवि पाण्डेको संयोजकत्वमा १५ सदस्यीय सम्मेलन आयोजक संगठन समिति निर्माण गरेको छ ।

उक्त कमिटिका सदस्यहरुमा दामोदर खनाल (अर्घाखाँची), टेकबहादुर मास्की राना (रूपन्देही), शुशिला आचार्य (दाङ), केशव अविरल (गुल्मी), ईश्वरी गैरे (दाङ), विमल आचार्य (कपिलवस्तु), आयुष न्यौपाने (बर्दिया), मानबहादुर कुँवर (रूपन्देही), भरत शाही (बाँके), दिनेश श्रीवास्तव (बाँके) लगायत रहेका छन् ।

संगठनका केन्द्रीय अध्यक्ष इन्द्र राउतको प्रमुख आतिथ्यता र सल्लाहकार हिरामणि दुःखीको विशेष आतिथ्यतामा सम्पन्न भेला दामोदर खनालको अध्यक्षतामा र रवि पाण्डेको सञ्चालनमा भएको थियो ।

भेलामा जनपक्षीय पत्रकारिताको पक्षमा गरेको योगदानको उच्च मूल्यांकन गर्दै अग्रज पत्रकार प्रेम रिमाललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, क्रान्तिकारी पत्रकारका संस्थापक सदस्य तथा सल्लाहकार हिरामणि दुःखी, सचिव रामकुमार श्रेष्ठ लगायतले शुभकामना दिएका थिए ।