काठमाडौं । काठमाडौं जिल्ला समितिका वैकल्पिक सदस्य (डिकबहादुर शर्मा) दर्शन शर्मालाई नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला संगठन समितिले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निस्कासन गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला संगठन समिति सेक्रेटरी क. शारदाद्वारा हस्ताक्षरित विज्ञप्तिमा शर्माले वैदेशिक रोजगारीमा पठाइ दिने भनी रकम लिएर युवाहरुलाई ठगी गरेकाले उक्त कारवाही गरिएको ब्यहोरा जानकारी गराइएको छ ।

दर्शन शर्माले आफूहरुलाई ठगी गरेको भनी नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रीय कार्यालयमा पीडित युवाहरुको निवेदन परेपछि जिल्ला संगठन समितिले निज शर्मा र पीडित युवाहरुलाई बोलाएर छलफल चलाएको थियो ।

हार्दिक शुभकामना !

छलफलमा पीडित निलकण्ठ पोखरेल, कृष्ण शर्मा, श्यामप्रसाद शर्मा र सागर ढकालले आफूहरुबाट दर्शन शर्माले रुसमा रोजगारीका लागि पठाइदिने भन्दै २१ लाख दश हजार रुपैया लिएर हाल विदेश पनि नपठाएको र पैसा फिर्ता गर्न पनि नमानेको कुरा बारम्बार दोहर्याइरहे । तर पीडक शर्माले यसलाई अस्वीकार गरिरहेपछि पार्टीले विचार तथा नैतिकताका आधारहरु तय गरेर उनलाई बैसाख २४ गते नै उनलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निस्कासन गरेको थियो ।

तत्पश्चात् पीडितहरुले दिएको निवेदनका आधारमा दर्शन शर्मालाई प्रहरीसमक्ष बुझाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर