अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको राष्ट्रिय भेला जेठ ३१ र ३२ गते काठमाडौंमा

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको राष्ट्रिय भेला जेठ ३१ र ३२ गते काठमाडौंमा

काठमाडौं । अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघले यही जेठ ३१ र ३२ गते काठमाडौंमा महासंघको राष्ट्रिय भेला सम्पन्न गर्ने निर्णय गरेको छ । यही बैशाख २६ र २७ गते बुद्धनगरमा सम्पन्न केन्द्रीय सचिवालयको विस्तारित बैठकले उक्त निर्णय गरेको महासंघका संयोजक ईश्वर तिमिल्सिनाले बताएका हुन् ।

बिस्ताति बैठकपछि संयोजक तिमिल्सिनाले यसका लागि आवश्यक निर्णय लिइसकिएको र कार्यविभाजनसहित तयारीमा लागेको बताएका छन् । महासंघको राष्ट्रिय भेलाका तयारीका लागि पेशागत संगठनहरुको भेला, बैठक र सम्मेलनहरु सबै क्षेत्र र जिल्लाहरुमा यसबीचमा सम्पन्न गरिसक्ने गरी मिति र स्थानहरु पनि ठोस गरिएको बताएका छन् ।

राष्ट्रिय सम्मेलनका तयारीका लागि विभाग, जिम्मेवारी र प्रतिनिधि तथा पर्यवेक्षकको बारेमा आवश्यक निर्णय लिइसकिएको बताइएको छ । राष्ट्रिय सम्मेलन दुईदिनसम्म चल्ने संयोजक तिमिल्सिनाले बताएका छन् ।