काठमाडौं । आइतवार भृकुटी मण्डपमा भव्य रुपमा उद्घाटन गरिएको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको प्रथम राष्ट्रिय सम्मेलन सोमवार विहान उक्त मोर्चाको बन्दसत्र पुरानो बानेश्वरस्थित ओमसाई पार्टी प्यालेसमा सुरु भएको छ । देशभरबाट उपस्थित प्रतिनिधि तथा पर्यवेक्षकहरुले खचाखच भरिएको हलमा मेर्चाका अध्यक्ष सीपी गजुरेलले संक्षिप्त संबोधन गरेपछि हलमा मोर्चाका सचिव परि थापाद्वारा सम्मेलन सम्पन्न गर्नका लागि मोर्चाका केन्द्रीय सचिवालय सदस्य केशबहादुर परियारसहितका ५ जना सम्मेलन अध्यक्ष मण्डलको नामसहितको प्रस्ताव हलमा प्रस्तुत गरिएको थियो ।

हार्दिक शुभकामना !

प्रस्तावित अध्यक्ष मण्डललाई हलले कर्तल ध्वनीका साथ स्वीकार गरेपछि अध्यक्ष मण्डलले आफ्नो अध्यक्ष चयन गर्नुका साथै सम्मेलन सञ्चालनका लागि कार्य विभाजन पनि गरेको थियो । कार्यविभाजन अनुसार अध्यक्ष मण्डलका सदस्य हिरामणि दुःखीले सम्मेलन कार्यक्रम सञ्चालन गरेका छन् ।

अध्यक्षमण्डलको स्वीकृतिअनुसार देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको अध्यक्ष सीपी गजुरेलले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । हलले यो प्रतिवेदनका बारेमा समूह विभाजन गरेर छलफल चलाउने र यसलाई समृद्ध तथा संश्लेषित गरिने बताइएको छ ।

अध्यक्ष मण्डलमा केशबहादुर परियार, हिरामणि दुखी, ईन्दिरा अधिकारी, रामनारायण सिंह र कमला मगर रहेका छन् ।

सम्मेलन बन्दसत्रको प्रमुख अतिथि सीपी गजुरेल, अतिथि परि थापा, दिनेश शर्मा, प्रेम सुवेदी, कृष्णदेव सिंह, पार्टीका जिम्मेवार नेताहरु, सल्लाहकार ईन्द्रधवज गुरुङ, सल्लाहकार कृष्ण भट्टराई, शहीद परिवारका केयरसिंह बुढामगर रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर