काठमाडौं । विगत दुई दशकदेखि शिक्षण पेशा अपनाउँदै आएका नौ हजार अस्थायी शिक्षकहरुलाई घर फर्काइएको छ । करार शिक्षक स्थायीका लागि परीक्षा लिइएका मध्ये अनुत्तीर्ण नौ हजारलाई सरकारको भाषामा ‘गोल्डन ह्याण्डसेक’ सहित घर फिर्ता गर्न लागिएको बताइएको छ ।

हार्दिक शुभकामना !

देशभरका २३ हजार शिक्षकहरु सामेल भएका स्थायी परीक्षामा १४ हजार सफल भए भने अन्य नौ हजार असफल भए । परीक्षा विज्ञापन नम्बर १,२ र ३ गरी खुलाइएको र सो अनुरुप स्थायीका लागि परीक्षा लिइएको थियो ।

परीक्षाको नमूना मोडल नयाँ बनाइएको, विषय वस्तु नयाँ राखएको, अंक मापन तथा मूल्यांकनमा पनि नयाँ विधि र मापदण्ड अपनाइएकाले उनीहरुलाई सफलहुनबाट बञ्चित गरिएको अस्थायी शिक्षकहरुको आरोप छ ।

अस्थायी शिक्षकहरुले आफूहरुले दशकौं अध्यापन गरिसकेको र आफूहरुले अनुभव हासिल गरिसकेको साथै आफूहरुले पढाएका विद्यार्थीहरु योग्ययोग्य भई कामहरुमा दक्षता र विद्वता प्रदर्शन गरिसकेकाले स्वतः स्थायी गरिनुपर्ने माग राखेका थिए ।

स्थायी गरिने परीक्षाका लागि विज्ञापन नम्बर १, २ र ३ गरी खुलाइएकाले पनि तेस्रो लटसम्म मात्र सामान्य विधि पुर्याएर स्थायी गर्ने छ भन्ने उनीहरुलाई लागेको थियो । तर यो आशामा मात्र सिमित हुन गयो ।

२३ हजार शिक्षहरुमा ९ हजारलाई असफल गराइयो । यस्तो गरिनु अन्याय भएको भन्दै आफ्ना मुद्दाहरुलाई लिएर केही आन्दोलन पनि गरे । तर त्यो प्रयासले काम गरेन । सरकार अस्थायी शिक्षकहरुमाथि दमनमा उत्रियो ।

अहिले ती शिक्षकहरुलाई ‘गोल्डन ह्याण्ड सेक’का नाममा दिइने रकम पनि किताब खानामार्फत् दिइने भनिएको छ । यसको पनि सुनिश्चितता नभएको अस्थायी शिक्षकहरुको गुनासो रहिआएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर