ओलम्पिक खेलमा सहभागी टोली घर फर्कियो

प्रकाशित मिति : २०७५ चैत्र ९

स्पेशल ओलम्पिक गेममा सहभागी नेपाली टोली घर फर्किएको छ । युएईमा भएको स्पेशल ओलम्पिक समर वल्र्ड गेम्सका पदक विजेतासहितको नेपाली टोली शुक्रबार नै घर फर्किएको हो ।

मार्च १४ देखि २१ तारिखसम्म युएईमा भएको फरक क्षमताका व्यक्तिहरुको खेलहरुमध्ये नेपालले एथ्लेटिक्स, बोसी र फुटसलमा सहभागिता जनाएको थियो । सहभागिता जनाएको खेलहरुमा नेपालले एथलेटिक्समा १ स्वर्ण र २ कास्यसहित बोसीमा रजत पदक हात पारेको थियो ।

एथलेटिक्सको पुरुष सटपुटमा अजय तामाङले स्वर्ण, सागर शेरचनले कास्य र महिला लङजम्पमा एलिसा न्यौपानेले कास्य पदक हात पारेकी थिइन् । महिला बोसीमा महिमा कोइरालले रजत हात पारेकी थिइन् ।

फुटसल टोलीमा अनिश कार्की, महेन्द्र कार्की, ईश्वर लिम्बू, ईशान श्रेष्ठ, धनबहादुर क्षेत्री, अदेश काफ्ले, अदित बज्राचार्य र क्षितिज बानियाँ थिए ।