नेता सुदर्शनको गिरफ्तारीको क्रान्तिकारी माओवादीले ग¥यो कडा विरोध

प्रकाशित मिति : २०७५ चैत्र ९

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले एक वक्तव्य जारी गरी विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश ओली सुदर्शनको गिरफ्तारीको कडा विरोध एवम् भत्र्सना गरेको छ । पार्टी महासचिव मोहन वैद्य‘किरण’ले शनिबार एक वक्तव्य जारी गरी नेता सुदर्शन गिरफ्तारीको विरोध एवम् भत्र्सना गरेका हुन् ।
वक्तव्यमा भनिएको छ, “सरकारद्वारा हालै विप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शन सहित आठ जना कमरेडहरुलाई गिरफ्तार गरिएको प्रकाशमा आएको छ । केही समययता सो समूहका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गर्ने र यातना दिने क्रम बढ्दै गएको छ । साथै, सो समूहमाथि प्रतिबन्ध समेत लगाइएको छ । सरकारको यो फासिवादी व्यावहार निन्दनीय छ । र, हाम्रो पार्टी त्यसको कडा विरोध तथा भत्र्सना गर्दछ ।”
वक्तव्यमा विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फिर्ता गर्न, सो समूहप्रति राजनीतिक व्यवहार गर्न, समस्याको समाधान प्रशासनिक रुपमा होइन वार्ताद्वारा समाधान गर्न र नेता कार्यकर्ता पक्राउ गर्ने तथा यातना दिने कामलाई अविलम्ब रोक्न पार्टीको तर्फबाट सरकारसित जोडदार माग गरिएको छ ।