तराइमा पृथकतावादी संघर्षको नेतृत्व गर्दै आएका सीके राउत ओली सरकारसँग सम्झौतापश्चात् आफू र आफ्नो सशस्त्र समूह राजनीतिको मूल धारमा आएको दाबी गरिरहेका छन् । उनले आफ्नो पार्टीको नाम पनि ‘स्वतनत्र मधेश गठबन्धन’बाट ‘जनमत पार्टी’ भनेर राखेका छन् । नेपाली राष्ट्रिय गान गाएर सुरु भएको उनको पार्टीको राष्ट्रिय परिषद्को वैठकले उक्त नाम नामाकरण गरेको हो ।

झट्ट हेर्दा बहुदलीय व्यवस्थामा विभिन्न पार्टीहरु खोलिनु अन्यथा होइन । तर रातारात सरकारी पक्षसँग देश र जनताकै विपक्षमा हुने गरी संझौता हुनु, पार्टी निर्माण गरिनु, अनपेक्षित प्रचार र गतिविधिहरु अघि बढाइनु, निकै नाटकीय र अस्वाभाविक रुप र व्यवहारहरु देखा पर्नु, आयस्रोत र खर्चको केही पनि लेखाजोखा सार्वजनिक नगरिनु आदि कुराहरुले वैदेशिक शक्तिहरुको रणनीतिक सोच र योजना अनुसार राजनीतिक स्वरुपमा यस्ता विविधखालका चलखेल भइरहेको सजिलै अनुमान गर्न सकिन्छ ।

हार्दिक शुभकामना !

देशमा आमूल परिवर्तन बिना यथास्थितिमा जनमत प्राप्त गरेर आए पनि र रातारात सम्झौताबाट आए पनि नेपालका शासकहरु भनेका विदेशी शक्तिहरुका कठपुतली र दलालाहरु नै हुन् । दुईतिहाईको मत पाएर आएको ओली सरकार पनि अन्ततः विदेशीको कठपुतलीमा परिणत भइसकेको छ ।

त्यसैले नेपालको हालको राजनीतिक परिस्थितिमा राजनीतिको मूलधार बन्नु भनेकै दलाल तथा कठपुतली बन्नु हो । यस्तो अवस्थामा सीके राउत ओली सरकारसँग सम्झौतामा नआउँदा पनि मूलधारमा नै थिए ।

फेरेर सीके राउतका गतिविधिहरु सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमतिका बेला ‘जनमत संग्रह’ र ‘जनअभिमत’को शब्दलाई लिएर विवादमा तानिएका सीके राउतले अन्ततः आफ्नो पार्टीको नाम नै परिवर्तन गरी ‘जनमत’ राखेका छन् ।

११–बुँदे सम्झौतापछि सरकारले जनअभिमत वा आवधिक निर्वाचनमार्फत् चुनिएर आउने र सीके राउतले जनमत संग्रहमा नै जाने भनी सहमतिको फरक व्याख्या गरिएको थियो । जनमतसंग्रहको कुरा, सीके राउतको भाषामा, स्वतन्त्र मधेश नै हो । उनको भनाइ अझै कायम छ– ‘जनमत संग्रह गराउन सरकार सहमत ! स्वतन्त्र मधेश गठवन्धनको सबै मुद्दा फिर्ता ! ’

यसको सिकार गृहमन्त्री रामबहादुर थापा हुन पुगेका छन् । उनले नै प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सीके राउतसँग सम्झौतामा हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर