फाल्गुन २८ गते साँझ मन्त्रीपरिषद्को निर्णयसहित सरकारले विप्लव नेकपामाथि प्रतिबन्ध लगाएको छ । ओली सरकारको यो राष्ट्रघाती तथा जनघाती कदमको आज सर्वत्र विरोध र झण्डाफोर भइरहेको छ । आफूलाई कम्युनिष्ट सरकार भन्न रुचाउने ओली–दाहाल सरकारले विप्लव नेतृत्वको नेकपामाथि किन प्रतिबन्ध लगायो भनेर व्यापक चर्चा र तर्कवितर्क भइरहेको छ ।

हार्दिक शुभकामना !

कुनै पनि घटना परिघटना विनाकारण घटित हुदैनन् । त्यसका पछाडि निश्चित वैज्ञानिक कारणहरु विद्यमान रहेका हुन्छन् । माक्र्सवादी द्वन्द्ववादको सार्वभौमा नियम पनि यही नै हो । केपी–प्रचण्डको सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउनुका पछाडि निश्चित कारणहरु विद्यमान रहेका छन् ।

पहिलो कारण : केपी–प्रचण्डको सरकार ऐतिहासिक झापा विद्रोहबाट भागेर आएका झापा विद्रोहका भगौडाहरु र महान् दश वर्ष जनयुद्धबाट भागेर साम्राज्यवाद तथा विस्तारवादका सामु आत्मसमर्पण गरेर जनयुद्धबाट प्राप्त सम्पूर्ण उपलब्धिहरु प्रतिक्रियावादीहरुलाई बुझाएर प्रतिक्रियावादी क्याम्पमा विलय हुन पुगेका दश वर्षे जनयुद्धबाट भागेका माओवादी भगौडाहरु मिलेर बनेको प्रतिक्रान्तिकारीहरुको प्रतिक्रियावादी सरकार हो ।

प्रतिक्रान्तिकारीको चरित्र फासिस्ट तथा फासीवादी हुन्छ । एउटा कालखण्डमा कम्युनिष्ट पार्टीको नेतृत्व गरेर आएकाहरु अर्को कालखण्डमा कम्युनिष्ट पार्टीको झण्डा हल्लाउँदै र कम्युनिष्टको जामा पहिरिएकाहरुको राजनीतिक चरित्र एउटा हातमा कम्युनिष्ट पार्टीको झण्डा र अर्को हातमा देशमा क्रियाशील कम्युनिष्ट क्रान्तिकारीहरुमाथि भीषण दमन गर्ने अस्त्र बोकेर दमनमा उत्रिइरहेका छन् ।

चरम अवसरवाद, निराशा कुष्ठा, पलायन आदि कारणले प्रतिक्रान्तिकारीहरु दक्षिणपन्थी संशोधनवादी, नवशंसोधनवादी बाटोहुँदै प्रतिक्रियावादमा पतन हुन पुगेका हुन्छन् र उनीहरु शोषक वर्गमा रुपान्तरण भइसकेका हुन्छन् । उनीहरु प्रतिक्रियावादी वर्गकै सेवा र चाकरी लिप्त भएर लागेक हुन्छन् । उनीहरुसित जनता र राष्ट्रप्रति कुनै पनि मोह हुँदैन । त्यसो भएर उनीहरु ज्यादा राष्ट्रघाती र ज्यादा जनघाती चरित्रका हुन्छन् र मालिकले अह्राएको काम गर्ने गर्दछन् ।

वर्तमान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुनै निश्चित सिद्धान्त, दर्शन भएको पार्टी होइन । झापा विद्रोहहुँदै संसदवादमा फसेर प्रतिक्रियावादी कितामा दर्ज भएर प्रतिक्रियावादी सत्ता सञ्चालन गर्दै आएको तत्कालीन नेकपा(एमाले) र दशवर्षे जनयुद्धहुँदै शान्ति प्रक्रियामा प्रवेश गरे पश्चात् दक्षिणपन्थी संशोधनवादी बाटोहुँदै वर्गीय रुपमा समेत आत्मसमर्पण गरेर वेलाबखतमा प्रतिक्रियावादी सत्ताको स्वाद चाख्दै सत्ता र भत्ता प्राप्तिको लक्ष्य बोकेर एमालेमा बिलय भएको तत्कालीन नेकपा (माके) मिलेर बनेको भगौडाहरुको सरकार हो ।

त्यसैले यो सुधारिएकोे पञ्चहरुको सरकारभन्दा भिन्न सरकार होइन । किनभने, सरकारमा जानका निम्तिमात्रै एमाले र माकेका बीचमा पार्टी एकताको नाटक मञ्चन गरिएको थियो । पार्टी एकताका लागि निश्चित सिद्धान्त, निश्चित विचार हुन्छ । त्यस विषयमा कुनै छलफल र बहसबिना नै सरकारमा बहुमत ल्याउनका लागि नै पहिले चुनावी एकतापछि पार्टी एकताको नाटक मञ्चन गरिएको थियो ।

चुनाव जित्नका लागि उनीहरुले यस देशका भ्रष्टाचारीहरु तस्करहरु, काला बजारीहरु, भूमाफियाहरु, शैक्षिक माफियाहरु, देश बेचुवाहरुबाट अरबौ चन्दा र सहयोग लिएका थिए । यो सबैकुरा जनतालाई पहिलेनै थाह भएकै कुरा तर कम्युनिष्ट एकताको गुलियो नारा दिएर नेपाली जनतालाई झुक्याएर उनीहरुले बहुमत ल्याएर सरकार गठन गर्न सफल भएका थिए ।

सरकार सञ्चालन गरेयता यो प्रतिक्रान्तिकारी सत्ताले यो देशका ठूला भ्रष्टाचारी, तस्कर, कमिसनखोर, हत्यारा, माफिया आदिको संरक्षण गर्ने र आफूले पनि अरबौको भ्रष्टाचार गर्ने, जनताबाट चर्को कर असुलेर मोज मस्ती गर्ने, बिरोध गर्नेलाई कारवाहीको विषय बनाउन नियम बनाउने, सामाजिक सञ्चालनबाट उनीहरुको बेइज्जत हुने भएकाले त्यहाँ पनि प्रतिबन्ध लगाउने षड्यन्त्र गर्ने, त्यसको दायरालाई संकुचित बनाउने आदि कार्य गर्दै आएका थिए ।

निर्मला पन्त बलात्कार हत्याकाण्डको संरक्षण गरेको र वाइडबडी जहाजकाण्ड भ्रष्टाचारीहरुको संरक्षण गरेकोबाट ओली नेतृत्वको सरकार असमझदारी भ्रष्टाचारीहरुको संरक्षक सरकार हो भन्न कुरा पुष्टि भएको छ ।

यो देशका ठूला भ्रष्टचारीहरु राजस्व छलीहरु, तस्करहरुलाई विप्लव नेतृत्वका नेकपाले भौतिक कार्वाही गर्न थालेपछि उनीहरुको दवाव र संरक्षणका लागि विप्लव नेकपामाथि प्रतिबन्ध लगाउन ओली सरकार भएको देखिन्छ । यो कुनै राजनीतिक सवाल होइन । यो देशका ठूला राष्ट्रघाती, राष्ट्रद्रोही, जनघाती, तथा आपराधीहरुको संरक्षण गर्ने निहुँमा विप्लव नेकपामाथि प्रतिबन्धित लगाउन पुगेको छ ।

दोस्रो कारण रेशम चौधरीको मुद्दा प्रकरणपश्चात् मधेशवादी दलहरुले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि दुईतिहाईको घमण्ड र अहंकार प्रदर्शन गर्दै आएको ओली–दाहालको सरकारलाई ठूलो धक्का लाग्यो । मधेशवादीलाई काउन्टर दिनका लागि यो सरकार अमेरिकाबाट सञ्चालित राष्ट्र विखण्डनकारी सिके राउतलाई साथमा ल्याएर मधेसवादीहरुलाई देखाइ दिनका लागि सीके राउतसित ११–बँुदे सम्झौता गरेर देशद्रोहीको कलंकको टीका लगाउन पुगेपछि देशव्यापी रुपमा व्यापक विरोध र भण्डाफोरहुँदै गएपछि यी सबै कुकार्य र अनैतिकता तथा देशद्रोहीकार्यबाट बच्न र जनताको आक्रोशलाई अन्यत्रै मोड्ने उद्देश्यले “नाङ्लो ठटाएर हात्ती तर्साउने” भने झै विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएर एक क्षणका लागि भए पनि सुखको स्वास फेर्ने मनसायले यो कदम चालिएको प्रष्टै भएको छ ।

तेस्रो कारणमाथि पनि उल्लेख गरिएको छ कि प्रतिक्रान्तिकारीहरू बढी फासीवादी हुन्छन् । सत्तामा पुगेपछि क्रान्तिकारीहरुलाई सखापै पार्ने लक्ष्य हुन्छ उनीहरुको । उनीहरुसित, उदाहरणका लागि, चीनमा माओसेत्तुङको मृत्युपछि सत्तामा पुगेका देङप्रति क्रान्तिकै गुटले ‘ग्याङ अफ फोर’का चारै जना नेताहरुलाई गिरफ्तार गरेर जेलझै सखाप पारेको इतिहास विश्वसामु साक्षी छ ।

यहाँ पनि यी प्रतिक्रान्तिकारीले विप्लव नेकपामाथि प्रतिबन्ध लगाएर नेपालका सम्पूर्ण क्रान्तिकारीहरुलाई तर्साउनको निम्ति हात्तीलाई नाङलो ठटाएर झैं ठटाउन खोजेको छ । यो ओली–दाहाल सरकारका नितान्त गलत र निन्दतीय कार्य हो । यसको भविष्य छैन । जनताले बेलैमा जवाफ दिने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर