क्रान्तिकारी माओवादीले आज देशैभर मनाउँदैछ साँस्कृतिक प्रतिरोध दिवस, इच्छुक साँस्कृतिक प्रतिष्ठानमा विशेष कार्यक्रम

क्रान्तिकारी माओवादीले आज देशैभर मनाउँदैछ साँस्कृतिक प्रतिरोध दिवस, इच्छुक साँस्कृतिक प्रतिष्ठानमा विशेष कार्यक्रम

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले आज देशैभर विभिन्न कार्यक्रम गरी २१ औं साँस्कृतिक प्रतिरोध दिवस मनाउँदैछ । पार्टी निकट अखिल नेपाल जनसाँस्कृतिक महासंघले काठमाडौंको घट्टेकुलो स्थित इच्छुक साँस्कृतिक भवनमा विशेष कार्यक्रमको आयोजना गरी प्रतिरोध दिवस मनाउँदैछ भने साँस्कृतिक प्रतिरोध दिवसको सन्दर्भ पारेर आज बाँकेको नेपालगञ्जमा विभिन्न नाराहरु लेखिएका प्लेकार्ड सहितको ¥याली तथा प्रदर्शन र देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको ५ नं. प्रदेशको सम्मेलनको भव्य उद्घाटन हुँदैछ ।

अन्य प्रदेशका जिल्लाहरुमा पनि विभिन्न कार्यक्रम गरी साँस्कृतिक प्रतिरोध दिवस तथा अनेकोटका सहिदहरुको सम्झनामा स्मृति दिवस मनाउने कार्यक्रम रहेको सम्बद्ध पार्टीले जनाएको छ ।

०५५ साल चैत्र ५ गते स्थानीयको एक घरमा सेल्टर लिएर बसिरहेको अवस्थामा तात्कालिन राज्यपक्षका सेनाले घरमा घेरा हाली आगो लगाएर हत्या गरिएको थियो । त्यस वेलामा राज्यसत्ताले माओवादीहरुलाई आतंककारी घोषणा गर्दै त्यही नाममा भिडन्त, मुठभेड र छापामार शैलीमा भएको आक्रमण भन्दै दोहोरो युद्ध हुने गरेको थियो ।

त्यही क्रममा काभ्रेको अनैकोटमा राती घरमा सेल्टर लिएर बसिरहेको अवस्थामा सात जना कलाकारहरुलाई घेरा हाली हत्या गरिएको थियो । उक्त हत्यालाई अनैकोट हत्याकाण्डको रुपमा चिर्चित छ । सो क्रममा माओवादी सांस्कृतिककर्मीहरु च्याङबा लामा, गुम्बा सिं तामाङ, निर्मला देवकोटा, सुभद्रा सापकोटा, मञ्जु कुँवर, चिनीमाया लामा र डम्बर श्रेष्ठको हत्या गरिएको थियो ।