काठमाडौं । अखिल नेपाल आदिवासी जनजाति महासंघको केन्द्रीय सचिवालयको विस्तारित बैठकले महासंघको राष्ट्रिय सम्मेलन २०७६ साल बैशाख २१, २२ र २३ गते पोखरामा गर्ने निर्णय गरेको छ । राष्ट्रिय सम्मेलन सम्पन्न गर्न प्रचार–प्रसारको व्यवस्थापन उपाध्यक्ष पवनमान श्रेष्ठको संयोजकत्वमा केन्द्रीय सदस्य गोर्की श्रेष्ठ र प्रेम तामाङ रहेको प्रचार समिति गठन गरिएको छ । त्यस्तै मञ्च, हल र मेस व्यवस्थापनको लागि नील बहादुर पुनको नेतृत्वमा व्यवस्थापन समिति बनाइएको छ । काठमाण्डौंमा के.स. भरत बुर्जाको संयोजकत्वमा सुरेस तामाङ र खगेन्द्र छन्त्याल भएको र पोखराको लागि अध्यक्ष कमल चौधरीको संयोजकत्वमा नील बहादु् पुन, गंगादेवी राई र भीम श्रीस सदस्य रहेको आर्थिक समिति बनाइएको छ ।

हार्दिक शुभकामना !

राष्ट्रिय सम्मेलनमा प्रतिनिधित्वको लागि प्रत्येक एकल जातीय संगठनका केन्द्रीय स्तरको समितिबाट एक तिहाई सदस्यलाई प्रतिनिधि र ५ जनासम्म प्रयवेक्षक हुने निर्णय भएको छ । पार्टी सम्पर्कमा रहेका तर संगठन नभएका आदिवासी जनजातिहरुबाट १ प्रतिनिधि पठाउन सकिने छ । महिला प्रतिनिधिलाई प्राथमिकतामा राखी समावेशी बनाउने निर्णय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर