बुटवल । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा–नेपाल ५ नं. प्रदेश सम्मेलनको भव्य तयारीमा जुटेको छ । चैत्रको ५ र ६ गतेका लागि राखिएको प्रदेश सम्मेलनलाई भव्य बनाउन यतिखेर जिल्ला सम्मेलनहरु सम्पन्न भइरहेका छन् ।

हार्दिक शुभकामना !

प्राप्त समाचार अनुसार पश्चिम नवलपरासीको शनिवार बर्दघाटमा बिशेष भेला सम्पन्न भएको छ । बिशेष भेलाले मोर्चाको यही चैत्र ५ र ६ गते नेपालगंजमा हुने प्रदेश सम्मेलनलाई भव्य बनाउनका लागि बिभिन्न जिम्मेवारी हेरफेर गर्नुका साथै सम्मेलनका लागि प्रतिनिधि तथा पर्यबेक्षक समेत चयन गरेको छ ।

भेलाले जिल्लामा रहेका सदस्यहरुका आधारमा ३÷३ जना प्रतिनिधि तथा पर्यबेक्षक भेलामा पठाउने निर्णय गरेको मोर्चाका सचिव भागिरथ चापागाईले बताउनुभयो । भेलाले जिल्लामा रहेका सबै सदस्यलाई सदस्यता नबिकरण गर्न आग्रह गर्दै जिल्ला सम्मेलनको तयारी गर्ने समेत निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै चैत्र २४ गते हुने मोर्चाको राष्ट्रिय सम्मेलनलाई ध्यान दिदै वडा गाउँ तथा नगरपालिकाहरुको भेला सम्मेलन र जिल्ला सम्मेलन गर्ने र प्रचारात्मक अभियानलाई जोड दिने भएको उहाँले बताउनुभयो । मोर्चाको बिशेष भेलाले बिकृति बिसंगति तथा भष्ट्रचार बिरुद्ध अभियान संचालन गर्दै त्यसको भण्डाफोर गर्ने र बिभिन्न मुद्धामा अन्तरक्रिया संचालन गर्ने निर्णय समेत गरेको छ ।

बिशेष भेलाले रिक्त रहेको ६ जना जिल्ला सदस्य समेत मनोनयन गरेको थियो । जसमा जिल्लामा जिम्मेवारीमा रहेका जनबर्गीय मोर्चा संगठनका जिल्ला संयोजकहरुलाई देजमोको जिल्ला सदस्यको जिम्मेवारी दिएको हो । १५ सदस्सीय जिल्ला समितिमा रिक्त रहेको ६ जनामा किसान संगठनबाट गुणनिधि पोखरेल, तमु मोर्चाबाट खेम तमु मगर मोर्चाबाट गोबिन्द बहादुर साठीघरे मगर उद्योग ब्यवसायीबाट प्रेम पोखरेल नेवाः बाट चन्द्रमान मानन्धर र रवि पुनलाई जिल्ला सदस्यमा मनोनित गरेको छ ।

भेला देजमो पश्चिम नवलपरासीका संयोजक राजु प्रसाद खनालको अध्यक्षता नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीका सेक्रेटरी चोलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सो पार्टी जिल्ला सचिवालय सदस्य तथा जनवर्गीय मोर्चा संगठनका फ्याक्सन ईञ्चार्ज समर, बर्दघाट नगर सेक्रेटरी क्रान्ति लगायतको आतिथ्यता रहेको थियो ।

शनिबारै कपिलवस्तुमा देजमोको तेश्रो जिल्ला भेला सम्पन्न गरिएको छ । भेलाबाट ज्ञानिराम पुरीको संयोजकत्वमा ११ सदस्यीय जिल्ला संगठन समिति निर्वाचित गरिएको छ । कपिलवस्तुको वनगाई स्थित जनचेतना आधारभूत विद्यालयको सभाहलमा सम्पन्न भेलाको उद्घाटन मोर्चाका केन्द्रीय सचिवालय सदस्य एवं प्रदेश संयोजक केशर बहादुर गुरुङले गरेका थिए । भेलामा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज समिर, सेक्रेटरी आकाश, मोर्चाका केन्द्रीय सदस्य रामविलाश चौधरी लगायतको उपस्थिति रहेको थियो ।

प्राप्त समाचार अनुसार ५ नं. प्रदेशका १२ वटा जिल्लामध्ये १० वटामा मोर्चाको संगठन रहेको छ । संगठन रहेका जिल्लाहरुमध्ये प्युठान, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, रुपन्देही, नवलपरासीमा भेला सम्पन्न भएको छ भने बाँके, बर्दिया, दाङ, गुल्मीमा सम्मेलन सम्पन्न भइसकेको छ । रोल्पा र रुकुममा जिल्ला संगठन नभएपनि प्रदेश सम्मेलनमा मनोनित प्रतिनिधिहरु सहभागि हुने बताइएको छ । सम्मेलनमा प्रदेशभरिका करिब ३ सयभन्दा बढी प्रतिनिधि पर्यवेक्षकहरु सहभागी हुने मोर्चाले जनाएको छ । मोर्चाका ५ नं. प्रदेशका संयोजक केवी गुरुङका अनुसार सम्मेलनलाई भव्य बनाउने गरी सबै तयारीहरु गरिएको छ । ५ गते नेपालगञ्जमा एक भव्य समारोहबीच मोर्चाका केन्द्रीय सचिव परि थापाले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यसैबीच, प्रदेशको सम्मेलनलाई लक्षित गरी प्रदेशको तर्फबाट संयोजक केवी गुरुङले एक पर्चा समेत प्रकाशित गरेका छन् । हाते पर्चामा भनिएको छ, “देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल प्रदेश नम्बर पाँचको प्रथम प्रदेश सम्मेलन मिति २०७५ चैत्र ५ र ६ गतेका दिन नेपालगञ्ज नगरीमा हुन गइरहेको सूचित गर्न पाउँदा हर्षित छौं । सम्मेलन सफलताका निम्ति हरतरहले सहयोग र समर्थन गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं । नेपाली राष्ट एकातिर दलाल, नोकरशाही पुँजीपति र सामन्त वर्ग तथा अर्कोतिर साम्राज्यवाद, विस्तारवादको दोहोरो शोषण र उत्पीडनको शिकार भैरहेको छ । नेपाल राष्ट्रलाई स्वाधीन, स्वतन्त्र, सार्वभौमिक सत्ता सम्पन्न र समृद्ध बनाउन नेपाली समाजको विद्यमान आर्थिक, राजनीतिक, सामाजिक र साँस्कृतिक अवस्थामा आमूल परिवर्तन हुनु अनिवार्य छ । अर्ध सामन्ती, अर्ध औपनिवेशिक र नव औपनिवेशिक राज्यसत्ताको चरित्रमा आमूल परिवर्तन सर्वहारा वर्गको नेतृत्व र देशभक्त जनगणतान्त्रि शक्तिहरुको संलग्नतामा सम्पन्न हुने पुँजीवादी जनवादी क्रान्तिले मात्र गर्न सक्दछ । नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर मात्र समाजवादी व्यवस्था स्थापनाका लागि मार्ग प्रशस्त हुनेछ । यही उद्देश्यमा सहयोग पु¥याउन र राष्ट्र र राष्ट्रियताका अगाडि उभिएका समस्याहरुको समाधानका निम्ति संघर्ष गर्न देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको स्थापना गरिएको हो ।

यतिबेला नेपालको राष्ट्रिय स्वाधिनताको प्रश्न गम्भीर बनेको छ । नेपाल राष्ट्र साँचो अर्थमा स्वाधिन छैन । शासनसत्तामा दलाल र नोकरशाही पूँजिवादी तथा सामन्तहरुको बोलवाल छ । त्यसकारण स्वाधिन र आत्मनिर्भर अर्थतन्त्रको विकास हुन सकिरहेको छैन । त्यसको दुष्परिणाम आर्थिक परनिर्भरता, अर्थतन्त्रमा वैदेशिक नियन्त्रण, नित्तिय पुँजीको प्रधानता र बेरोजगारी मौलाएको छ । यो अवस्थामा नेपालमा विद्यमान राष्ट्रिय स्वाधिनता, जनजीविका र आर्थिक विकास तथा जनगणतन्त्रको स्थापनाको पक्षमा रहेका नेपाली जनताका बीचमा क्रान्तिकारी संयुक्त मोर्चा बनाउनु अत्यावश्यक छ । यसो गरेर मात्र हामीले जनताको अपराजित शक्ति निर्माण गर्न सक्ने छौं ।

अहिले देशमा कथित बाम सरकार बनेको छ । त्यसको प्रधानमन्त्रीदेखि सांसदहरु समेतले भनिरहेका छन, ‘समृद्ध नेपाल’ । तर जनताका सामान्य आधारभूत समस्याहरु समाधान गर्ने दिशामा अग्रसर हुने त परैजावस उल्टै महंगी, भ्रष्टाचार, कालाबजारी, घुसखोरी, हरेक कुरामा विचौलिया र दलाली, आदीले जनतालाई आक्रान्त बनाएको छ । प्रधानमन्त्री वलीले हरेक भाषणमा भनिरहेका छन् ‘भ्रष्टाचार पनि गर्दिनँ र हुन पनि दिन्नँ’ तर भ्रष्टाचारको जालो दिनप्रतिदिन फैलँदै गएको छ । रोजगारीको खोजीमा दैनिक सयकडौं युवाहरु विदेशिन बाध्य हुनेक्रम बढ्दो छ ।

सन् १९५० लगायतका असमान सन्धि सम्झौताहरुले लादेको विदेशी दासता र त्यसले उब्जाएका आर्थिक, राजनीतिक र सामाजिक समस्याहहरुले नेपाली जनताका जनजीवनमा गम्भीर नकारात्मक असरहरु पार्दै आइरहेको छ । दिन दहाडै हत्या, हिंसा र बलात्कार जस्ता जघन्य अपराधका घटनाहरु बढीरहेका छन् । सामाजिक विसंगति र विकृतिहरुका रुपमा रहेका छुवाछुत र बोक्सीका आरोपमा दलित समुदाय तथा गरीब निमुखा महिलाहरु प्रताडित भैरहेका छन् । तर सत्ताधारी पार्टीका नेता र सरकारका प्रतिनिधिहरु फलाकिरहेका छन्, शान्त, समृद्ध र सम्पन्न नेपाल ।

अन्त्यमा, नेपाली जनताले राष्ट्रिय स्वाधीनता, आत्मनिर्भर अर्थतन्त्र तथा शान्ति र सम्वृद्धिका निम्ति विद्यमान दलाल र नोकरशाह पूँजिपति तथा सामन्तहरुको राज्यसत्ताँलाई अपदस्त गरेर जनताको जनगणतन्त्र स्थापनाको कुनै विकल्प छैन । त्यसका लागि सच्चा क्रान्तिकारी कम्युनिष्ट, देशभक्त जनगणतान्त्रिक, अग्रगामी शक्तिहरु एकजुट भएर सचेत र संगठित आन्दोलन गर्नु आजको ऐतिहासिक आवश्यकता हो । यही अभिभारा पुरा गर्ने क्रममा हुन गैरहेको देजमो नेपाल प्रदेश नम्बर पाँचको प्रथम प्रदेश सम्मेलन सफलताको लागि मजदुर, किसान, शिक्षक, कर्मचारी, व्यापारी, उद्योगी, युवा, आदिवासी जनजाती, मधेशी, महिला, विद्यार्थी,

प्रतिक्रिया

सम्बन्धित खवर