काठमाडौं । अखिल नेपाल जनसाँस्कृतिक महासंघको केन्द्रीय समितिको बैठक शुक्रबार सम्पन्न भएको छ । महासंघका अध्यक्ष इश्वरचन्द्र ज्ञवालीको अध्यक्षता तथा सञ्चालनमा सम्पन्न बैठकले समसामयिक साँस्कृतिक विषयहरुमा व्यापक छलफल गरी महत्वपूर्ण निष्कर्ष निकालेको छ । बैठकले वर्तमान राज्यसत्ताले निश्चित राजनीतिक दलमाथि लगाएको प्रतिबन्ध फासिवादी शैलीको भएकोले र गणतन्त्रमा पनि विचारको निषेध गरिएको हुँदा त्यसको तीव्र विरोध गर्दै सो निर्णय फिर्ता लिन सरकारसित माग गर्ने निर्णय गरेको छ भने बैठकले निकट भविष्यमा हुन गइरहेको प्रलेसको राष्ट्रिय सम्मेलनको बारेमा विस्तृत रुपमा छलफल गरेको छ ।

प्राप्त समाचार अनुसार बैठकले कथित वाम सरकारको वैचारिक गन्तव्य संसदीय व्यवस्था भएको र यसले यथास्थितिवाद र दलाल पुँजीपति वर्गको प्रतिनिधित्व गरिरहेको स्थितिमा विचारको विचलनको रुपमा सो सत्ताको प्रतिनिधित्व गर्ने व्यक्तिहरु नै प्रलेसको मुख्य भूमिकामा रहेकोले सो सित सँगै जान नसक्ने निर्णय गरेको छ । प्रलेसको संविधानमा अभिव्यक्त संकथन अनुरुप सामन्तवाद र साम्राज्यवाद विरोधी शक्तिको रुपमा नभएर उनीहरु उल्टै राष्ट्रविरोधी गतिविधिमा संलग्न हुँदै देश र जनताको हितविरुद्ध काम गरिरहेको हुनाले पनि त्यस्ता शक्तिसित वर्तमान स्थितिमा सहकार्य गर्नु अनुपयुक्त रहेको ठहर बैठकको रहेको छ ।

बैठकले हालै भएको सिके राउतसँगको सम्झौताले राष्ट्रद्रोहको सारमा अभिव्यक्ति दिने हुनाले र राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि सुदूर भविष्यमा गहन प्रभाव पार्ने भएकाले पनि राष्ट्रियता विरोधी चरित्र रहेको पुष्टि भएको ठहर गरेको छ । प्रलेस प्रतिक्रियावादीहरुको कब्जामा जाने स्थिति देखिएकोले सो केन्द्रलाई क्रान्तिकारीहरुले स्वीकार गर्नु उपयुक्त नहुने पनि निष्कर्ष निकाल्दै बैठकले यस सन्दर्भमा सत्ताइतर प्रगतिशील, क्रान्तिकारीहरुको एउटा अलग्गै वैचारिक धारको पहिचानको निम्ति ध्रुवीकरणको आवश्यकतालाई समेत महसुस गरी त्यसका निम्ति सार्वजनिक आव्हान गर्ने निर्णय समेत गरेको छ । महासंघको बैठकमा महासंघका उपाध्यक्ष डा. जगदीशचन्द्र भण्डारी, सदस्यहरु मित्रलाल पंज्ञानी, डा. ताराकान्त पाण्डे, डा. नन्दीश अधिकारी, हिरामणि दुःखी, खगेश्वर भण्डारी, चित्रबहादुर थारु, इस्माली, आदर्श राई, गौरी दाहाल, पेमा लामा, आरबी राई, विष्णु न्यौपाने, असल पाख्रिन, मोदनाथ मरहट्टा, परशुराम कोइराला, देवेन्द्र लम्साल, विमला चन्द, छायादत्त न्यौपाने, सुकुम शर्मा, प्रभात सापकोटा, डा. विदुर वस्ती, उमेश आचार्य, प्रकाश खनाल, पूर्णबहादुर अधिकारी, विष्णु आले, अर्जुनकुमार ढकाल, विजयराज आचार्य, शुशिला थापा, प्रतीक तामाङ, श्रीकृष्ण सुलु, बसन्त बोगटी, सुनिता बुढाथोकी, इश्वरी गुरागाई, धनेश्वर पोखरेल, सुर्यप्रसाद भट्टराईलगायत साहित्यिक तथा साँस्कृतिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

समाचार स्रोतका अनुसार साँस्कृतिक तथा साहित्यिक व्यक्तित्वहरु निनु चापागाई, आहुती, नरेन्द्रजंग पिटर, रोशन जनकपुरी, जीवन शर्मा, कृष्णहरि भट्ट, मात्रिका पोखरेल, बलराम तिमल्सिना, संगीत श्रोता, विष्णु भण्डारी, भुपाल राई, भोगीराज चाम्लिङ, पुण्य कार्की, सरिता तिवारी, केशव सिलवाल, कल्पना चिलवाल, प्रकाश चापागाईं, नन्दलाल आचार्य, राजेन्द्र घायल, अशोक शर्मा, कपिल अज्ञात, कला अनुरागी, विनोद विक्रम केसी, गुरुङ सुशान्त, राजु स्याङतान, सकुन्तला जोशी, यज्ञबहादुर डाँगी, केदार श्रेष्ठलगायतका लेखक तथा साहित्यकारहरुले पनि सत्ताइतर क्रान्तिकारी साँस्कृतिक धाराको निर्माण गर्नुपर्ने कुरामा सहमति जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार