काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको ३ नं. प्रदेशको सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । ललितपुरको कुपण्डोलमा सम्पन्न भएको सम्मेलनले नेता पवनमान श्रेष्ठको नेतृत्वमा ५५ सदस्यीय प्रदेश कमिटि निर्वाचित गरेको हो ।

हार्दिक शुभकामना !

मोर्चाका केन्द्रीय अध्यक्ष सिपी गजुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सम्मेलनले मोर्चाको ३ नं. प्रदेश कमिटिको अध्यक्षमा पवनमान श्रेष्ठ, उपाध्यक्षमा कान्छा निर्वाचित कमिटिद्वारा अध्यक्षमा पवनमान श्रेष्ठ, उपाध्यक्षमा कान्छाराम तामाङ र गोर्की श्रेष्ठ, सविचमा शिव श्रेष्ठ र कोषाध्यक्षमा इन्दिरा अधिकारीलाई सर्वसम्मतले चयन गरियो । सदस्यहरुमा खगेन्द्र छन्त्याल, भरत बुर्जा, अशोक शर्मा, श्याम केसी, श्रीकृष्ण सुलु, इन्दिरा घिमिरे, अम्बिका पाण्डे, कुमार बोगटी, पूर्णाकुमारी देवकोटा, अब्दुल सलाम, निवासचन्द्र श्रेष्ठ, इश्वर सायमी, रविन्द्र मिश्र, ढोगप्रसाद अधिकारी, रोशन विशंखे, केके मल्ल, निरन तुलाधर, निशा राई, गणेश पौडेल, जितबहादुर तामाङ, मिनाकुमारी तामाङ, गुन्जमान तामाङ, तिलक श्रेष्ठ, धनबहादुर तामाङ, स्वरुपसिंह तामाङ, रामकृष्ण केसी, थलप्रसाद देवकोटा, ढकप्रसाद देवकोटा, अमर तामाङ, सद्दाम हुसेन, नरबहादुर गौतम, बाबुराम प्यासी, नारायण अधिकारी, शिलु न्यौपाने, अर्जुनलाल श्रेष्ठ, टेकबहादुर विक, विजय तामाङ, रुपा गेलाललगायत रहेका छन् ।

शुक्रबार उद्घाटन समारोह सम्पन्न गरेको मोर्चाले शनिबार बन्द सत्र सम्पन्न गरेको थियो । शिव श्रेष्ठ, भरत बुर्जा र शान्ता पण्डितको तीन सदस्यीय अध्यक्ष मण्डल बनाई अध्यक्ष मण्डलका अध्यक्ष शिव श्रेष्ठले बन्द सत्रको सञ्चालन गरेका थिए ।

बन्द सत्रमा मोर्चाका प्रदेश संयोजक पवनमान श्रेष्ठले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन १२ वटा जिल्लाबाट प्रतिनिधि पर्यवेक्षकहरुले १२ वटा समूह बनाई प्रतिवेदनमाथि व्यापक छलफल गरेका थिए । समूहहरुको तर्फबाट प्रतिवेदनमाथि सुझाव तथा टिप्पणीसहित जिल्लाको रिपोर्ट पेश गरिएको थियो । परिमार्जनसहित प्रतिवेदन एकमतले पारित गरिएको थियो । त्यस लगत्तै अध्यक्ष मण्डलले पुरानो प्रदेश संगठन समिति भंग गरी प्रस्ताव गरेको ५५ सदस्यीय प्रदेश समितिको प्रस्ताव एकमतले पारित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर