मेक्सिको पर्खाल उठाउन ट्रम्प अन्तिम अस्त्र ‘भिटो’ प्रयोगका मुडमा

मेक्सिको पर्खाल उठाउन ट्रम्प अन्तिम अस्त्र ‘भिटो’ प्रयोगका मुडमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा संकटकालको घोषणा गरेर पनि मेक्सिको पर्खालको चाहना पूरा गर्न सकेनन् । सोचे र भएजतिका सबै वैकल्पिक बाटाहरुबाट अब कुनै पनि निकास नआएपछि उनी अन्तिम र निर्विकल्प बाटो रोज्न बाध्य भएका छन्, त्यो हो, भिटो । अमरिकी संविधानमा त्यसको प्रावधान रहे पनि सकभर प्रजातान्त्रिक तथा वैकल्पिक बाटाहरुको खोजी गर्ने प्रचलन बढी छ ।
भिटो र महाअभियोग प्रयोग र त्यसका असरका हिसाबले निकै अन्तिम तथा निर्विकल्प अस्त्रहरु हुन् ।

यी अमेरिकी संविधानमा समावेश छन् । ट्रम्प यदि भिटो अख्तियार गर्ने बाटोमा अघि बढेभने केही समयपछि उनका विरुद्ध महाअभियोगको तरवार झुण्डिइरहने छ । तथापि उनी यसै निर्विकल्प बाटोमा अग्रसर हुँदै गएका छन् । यसअघि घरेलु संकट र आपत् बिपद्का बखतमा मात्र लगाइने भनी गरिएको संवैधानिक व्यवस्थाविपरीत ट्रम्पले संकटकालको प्रयोग पनि गरे । तर उनी अफल भए । उनको जिद्धी र अहंकारले गर्दा उनका रिपब्लिकन सांसदहरु पनि उनका विरुद्धमा छन् ।

अहिले १२ जना रिपब्लिकन सांसदहरुले आफ्नै पार्टी नेता ट्रम्पकै विरुद्धमा मत जाहेर गरेका छन् । मेक्सिकोसँग जोडिएको अमेरिकी सिमानामा पर्खाल निर्माणका लागि ट्रम्पले अमेरिकी उपल्लो तथा तल्लो सदनसँग बजेट पास गरिदिन माग गरिरहेका छन्, यी सबै व्यर्थ साबित भएका छन् । राष्ट्रपति ट्रम्पले भने अमेरिकामा आप्रवासीका कारण संकट नै निम्तिएको बताउँदै दक्षिणी छिमेकी देश मेक्सिकोको सिमानामा पर्खाल टठड्याएरै छाडिने अडानमा रहिआएका छन् ।

छिमेकी देश मेक्सिकोको सिमाना भएर आप्रवासीको लश्कर पटकैपटक अमेरिका प्रवेश गरिरहने भएकाले पर्खाल ठड््याएपछि ट्रम्प यो संकट मोचन हुनसक्ने दाबी गरिरहेका छन् । तर उनको यो भनाइलाई प्रतिपक्ष डेमोक्र्याट तथा जानकार र विज्ञहरुले अस्वीकार गर्दै उनको तर्कको खण्डन गरिरहेका छन् ।

अमेरिकाले विश्वबाट संग्रह गरेर ल्याएको अकूत सम्पत्तिका कारण अनय देशहरुको तुलनामा अमेरिकी जनतालाई सेवा सुविधा र अवसरहरु बढी दिइएका छन् । यसले पनि गैरकानुनी आप्रवासनलाई निकै प्रोत्सहित गरिरहेको छ । अमेरिकी महादेशमा रहेका अन्य देशहरुको तुलनामा संयुक्त राज्य अमेरिकामा सबैभन्दा ठूलो आप्रवासी समस्या रहने गरेको छ ।

सन् २०१६ को अमेरिकी राष्ट्रपतिय निर्वाचनमा ट्रम्पले सीमा पर्खाल निर्माणको कुरा आफ्नो चुनावी नारा बनाएका थिए । यो नारा जसरी भए पनि आफू प्रतिबद्ध भएको ट्रम्प देखाउन चाहन्छन् । अमेरिकी सदनहरुमा आफ्नो बहुमत नपुग्ने भएपछि अनेकन पर्यत्न गर्दा पनि उनी पर्खाल निर्माणको बजेट जुटाउन वा पास गर्न सफल हुन ससकेनन् ।

हरेक प्रयत्नका बाबजुद उनी असफल भएपछि उनी राष्ट्रिय संकटकालको असफल प्रयासलाई पनि चुनौती दिंदै अहिले भिटोको प्रयोग गर्न तम्सिइरहेका छन् ।