देजमो नेपाल सिन्धुपाल्चोकको जिल्ला भेला भव्य रुपमा सम्पन्न

प्रकाशित मिति : २०७५ फाल्गुन ३०

सिन्धुपाल्चोक । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल सिन्धुपाल्चोकको जिल्ला भेला भव्य रुपमा सम्पन्न भएको छ । देजमो नेपालको चैत्र २४ मा हुन गइरहेको राष्ट्रिय सम्मेलनलाई लक्षित गरेर देशभरका देजमोका प्रदेश तथा जिल्लाहरुमा भेला तथा सम्मेलनहरु सम्पन्न हुँदै गर्दा सिन्धुपाल्चोक जिल्लाको यो भेला सम्पन्न हुन गएको हो ।

भेलाले तिलक श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति चयन गरेको छ । निर्वाचित उपाध्यक्षमा राजु थापा, सचिवमा धनबहादुर तामाङ, सहसचिवमा कमला श्रेष्ठ, कोषाध्यक्षमा देवबहादुर खत्री तथा सदस्यहरुमा सोमबहादुर गोले, खड्कबहादुर थापा, सूर्यबहादुर तामाङ, गीता तामाङ, तानबहादुर श्रेष्ठ, सञ्जय तामाङ, निलबहादुर खत्री, होमकुमारी योञ्जन रहेका छन् ।

भेलामा देजमो केन्द्रीय सदस्य शिव श्रेष्ठ र सिन्धुपाल्चोकका इञ्चार्ज फुर्नाम्गेल मोक्तानको अतिथिका रुपमा सहभागिता रहेको थियो ।